काठमाडौं, १८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले गणतन्त्र भन्नुभन्दा २५ वर्ष अगाडि नै आफूहरुले गणतन्त्रको आ´न्दोलन थालेको बताएका छन् । आज भक्तपुरमा पुस्तक विमोचनमा बोल्दै उनले गणतन्त्र आफैले ल्याएको जसरी धा´क नलगाउन प्रचण्डलाई चे´तावनी समेत दिए । ‘प्रचण्डले गणतन्त्र भन्नुभन्दा २५ वर्षअगाडि हामीले गणतन्त्रको अभियान थालिसकेका थियौं,’ ओलीले भने, ‘गणतन्त्रको आ´न्दोलनमा जेल परेको थिएँ, कसैले धा´क नलगाए हुन्छ ।’
प्रचण्डले ओलीलाई गणतन्त्रवि´रोधी भनी पूर्वराजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरिरहेको आ´रोप लगाएपछि ओलीले पछिल्लो जवाफ दिएका हुन् । प्रचण्डले ओलीमाथि ज्ञानेन्द्र शाहसँग सम्पर्क सूत्रमार्फत् कुराकानी बढाएर गणतन्त्र मास्न खोजेको आ´रोप लगाएका थिए । ओलीले नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले भ्याकुम लगाएर एमाले बढार्ने भनी बुधबार टि´प्पणी गरेकोमा जवाफ दिदै काँग्रेसको हेक्का राख्न सुझाव दिए । उनले भने, ‘एकजना बाबु घुम्दै यतै भक्तपुर आएछन् । भ्याकुम क्लिनर लिएर आएका उनले एमाले सि´ध्याउने रे । विचरा सिंगै काँग्रेस कहाँ पुग्यो हेक्का छैन, एमाले भ्याकुम क्लिनरले सिध्याउने सपना देखेका तिनीहरुले ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस