काठमाडौं, १९ कात्तिक । आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इण्डिज समूह चरणबाटै बाहिरिएको छ । सुपर–१२ समूह एक अन्तर्गत गए राति भएको खेलमा श्रीलंकाले साविक विजेता वेस्ट इण्डिजलाई २० रनले हराएको छ । आबुधाबीमामा भएको खेलमा श्रीलंकाले दिएको १९० रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले ८ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सकेको थियो । वेस्ट इण्डिजका सिमरोन हिटम्यानले सर्वाधिक ८१ रनको अर्धशतकीय पारी खेले पनि जिताउन सकेनन् ।
श्रीलंकाका वानिन्दु सिल्भा, विनुरा फर्नान्डो र चमिका करुणारत्नेले समान २ र२ तथा दुसमन्था चमिरा र दासुन सनकाले एक÷एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ३ विकेट गुमाएर १८९ रन बनाएको थियो । श्रीलंकाका लागि चरिथ असालांकाले सर्वाधिक ६८ रन तथा पाथुम निसांकाले ५१ रनको अर्धशतकीय पारी खेले । वेस्ट इण्डिजका आन्द्रे रसेलले दुई तथा ड्वायन ब्राभोले एक विकेट लिए । वेस्ट इण्डिजले चार खेलमा एक खेल जितेको छ । एक खेलमा जित र तीन खेलमा पराजित श्रीलंका पनि प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस