काठमाडौं । पानी जीवन हो, त्यसैले यो अमूल्य छ । यद्यपि आम रुपमा हामीकहाँ पानी खरीद गर्नुपर्दा खासै म´हंगो भने पर्दैन । बोतलबन्द पानी सहज र शुलभ रुपमै पाइन्छ । तर संसारमा एउटा यस्तो विशेष पानी पनि छ जसको एक सानो बोतलकै मूल्य ७२ लाख रुपैयाँ पर्दछ ।
Acqua di Cristallo Tributo a Modigaliani ब्राण्डको पानीलाई संसारको सबैभन्दा म´हंगो पानी मानिन्छ । फिजी र फ्रान्समा प्राकृतिम मूलबाट निस्किएको यो पानी शुद्ध र निर्मल त छ नै तर यसको प्याकिङ तथा बोतलका कारण यो ब´हुमूल्य बनेको हो । साथै यो पानी विशेष स्वादयुक्त तथा प्रचूर लवणयुक्त भएको बताइन्छ ।
७ सय ५० मिलिलिटर पानीको एक बोतलको मूल्य ७२ लाख रुपैयाँ बराबरको रकम पर्दछ । अक्वा दी क्रिस्टेलो ट्रिबूटो अ मोडिगलियानी नामक उक्त पानीको बोतल २४ क्यारेट सुनबाट बनाइएको हुन्छ ।संसारको सबैभन्दा महंगो पानीको उक्त बोतलको डिजाइन विश्व प्रसिद्ध बोतल डिजाइनर फर्नान्डो अल्तामिरानोले गरेका हुन् । स्मरण रहोस् संसारको सबैभन्दा म´हंगो बोतल कान्येक डुडोगन हेरिटेज हेनरी चतुर्थको डिजाइनर पनि उनै फर्नान्डो हुन् । एजेन्सीको सहयोगमा
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस