काठमाडौं – प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने बताएका छन् । काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिद्वारा शुक्रबार आयोजित दिपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले महाधिवेशन हुँदैन भन्नेहरूका कुरा नपत्याउन आग्रह गरे ।
‘जसले जे भनेपनि नपत्याउनुस् । अधिवेशन समयमा हुन्छ, हुन्छ । अब महाधिवेशन पार्टी सभापतिको हातमा छैन । निर्वाचन समितिको हातमा छ । मैले चाहेर पनि हुँदैन । त्यसकारण उहाँहरु महाधिवेशन गर्न प्रतिबद्ध हुनुहुन्छ,’ देउवाले भने ।
१४ औं महाधिवेशन मंसिर २४–२६ मा सम्पन्न गर्ने काँग्रेस निर्वाचन समितिको तयारी छ । मंसिरभित्र कुनै हालतमा महाधिवेशन सक्न निर्वाचन समितिलाई निर्देशन दिएको देउवाले बताए ।
‘हाम्रो पार्टीको महाधिवेशन समयमै होस् भन्ने कुरामा निर्वाचन समितिका सदस्यहरु चिन्तित हुनुहुन्छ,’ उनले भने, ‘मैले मंसिरभित्र कुनै हालतमा महाधिवेशन सक्न निर्देशन दिएको छु । उहाँले मंसिरभित्र सक्ने प्रतिबद्धता जनाउनुभएको छ । महाधिवेशनको तयारीमा लाग्नुहोला ।’
जिल्ला अधिवेशनबाट भक्तपुरमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न पनि देउवाको सुझाव छ । उनले भने, ‘भरसक सर्वसम्मतिबाट सभापति बनाउनुस् । हुँदै हुँदैन भनेपछि स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनाउनुस्,’ उनले भने ।
प्रतिस्पर्धा गर्दा जित र हार हुने भन्दै दुस्मनी बढाउन नहुने देउवाको भनाइ छ । उनले भने, ‘प्रतिस्पर्धामा जाँदा जीत हार हुन्छ । जित्नेले हार्नेको सहयोग लिने र हार्नेले जितेकालाई साथ दिनुपर्ने हुन्छ । जित हारमा दुस्मनी नबढोस् ।’
यस्तै देउवाले सबैलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह पनि गरे । उनले भने, ‘कोरोना विरुद्धको खोप लगाउन अति आवश्यक छ । यसलाई सबैले लगाउनु होला ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस