२७ चैत, काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा १८ फागुनमा आगलागी हुँदा ५८ घर ज ले । बिहान ९ बजे स्थानीय भोला पौडेलको घरमा विद्युत् ‘सर्ट’ भएर स ल्किएको आ गो क्षणभरमै बस्तीमा फैलियो ।
आगलागी नियन्त्रणका लागि जिल्लामा एउटा मात्रै दमकल थियो, सदरमुकाम फुङलिङ बजारमा । ‘फुङलिङबाट एक घन्टामा दमकल आइपुग्दा बस्तीभरि आगो फैलिनबाट रोक्न सक्ने अवस्था रहेन’ गाउँपालिकाका अध्यक्ष गणेश लिम्बूले भने, ‘सानो बजार आगो तीव्र गतिमा फैलिरहेको थियो, एउटा दमकलले कति नै रोक्न सक्थ्यो र !’उनको भनाइमा, तत्काल आगो नियन्त्रणमा लिन सम्भव नदेखिएपछि जोडिएकामध्ये स्काभेटर प्रयोग गरेर केही घरहरू भत्काएर आगो फैलिनबाट रोकिएको थियो । तर त्यतिबेलासम्म बजारको आधा भाग जलिसकेको थियो ।
२० वैशाख २०७७ मा ताप्लेजुङकै फुङलिङ बजारमा आगलागी हुँदा पनि यस्तै भएको थियो । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका प्रहरी निरीक्षक मोहनप्रसाद पोखरेल भन्छन्, ‘एउटा मात्र दमकल थियो, एकपटक भरिएको पानी सकिएपछि फेरि पानी भरेर आउँदा आगो उस्तै भइसकेको हुन्थ्यो ।’
पोखरेलका भनाइमा, ३७ घर–परिवार विस्थापित हुने गरी भएको त्यो आगलागीलाई नियन्त्रणमा लिन पाँचथरमा रहेको दमकल बोलाउनु परेको थियो । उनी भन्छन्, ‘तीन घन्टामा पाँचथरबाट दमकल आएपछि पानी भर्न जाने–आउने बीचको समय पनि मिल्यो र आगो नियन्त्रणमा आयो ।’ जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङको विवरणबाट जिल्लामा पछिल्लो चार वर्षमा ११४ स्थानमा आगलागी भएको देखिन्छ । आगलागीले २०४ वटा घरमा क्षति पुर्याएको थियो । जिल्लामा आ´गलागी हुँदा अहिले पनि त्यही एउटा दमकलको भर छ ।
१६ मंसीर २०७५ मा झापाको शिवसताक्षी नगरपालिका–७, लालझोडामा एउटा परिवार नै सखाप हुने गरी आगलागी भयो । आगलागीमा परेर ३४ वर्षीय लक्ष्मण खनाल, २८ वर्षीया उनकी श्रीमती राधिका खनाल, चार वर्षीया छोरी चन्द्रा र पाँचमहीने छोरा टीकारामले घरभित्रै ज्यान गुमाए ।
स्थानीयले तत्काल दमक नगरपालिकाको दमकललाई खबर गरे । तर, दुई बजे मात्रै दमकल पुग्दा धेरै ढिला भइसकेको थियो । स्थानीयका अनुसार शिवसताक्षी नगरपालिकामै दमकल भएको भए यो मानवीय क्षति नहुन सक्थ्यो । तर, अहिलेसम्म पनि नगरपालिकाले दमकल खरीदमा चासो देखाएको छैन ।
१३ पुस २०७५ मा झापाकै मेचीनगर नगरपालिका–६, काँकरभिट्टामा आगलागी हुँदा २२ घर जलेर नष्ट भए । नजिकै रहको दमकल पनि समयमा आइनपुग्दा यतिविघ्न क्ष´ति भएको स्थानीयको आ´रोप छ ।झापामा सबै स्थानीय तहसँग दमकल छैनन् । भारतसँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा पर्ने झापा गाउँपालिका, केचनकवललगायतका क्षेत्रमा आगलागी भए भगवान भरोसामा बस्नुपर्ने स्थिति रहेको स्थानीयवासी बताउँछन् ।
झापा गाउँपालिका–६ का वडा सदस्य मोहनप्रसाद पोखरेल भन्छन्, ‘यता आगलागी भए दमक वा बिर्तामोडबाट दमकल बोलाउनुपर्छ । त्यहाँबाट दमकल आउञ्जेलमा घर स´खाप भइसकेको हुन्छ ।’
५ असोज २०७४ मा मोरङको कानेपोखरी गाउँपालिका–३, हरकपुरमा आगलागी हुँदा एकै परिवारका चार जनाको जलेर मृत्यु भयो । मृ´त्यु हुनेमा ५६ वर्षीय चन्द्रकुमार राई, ५० वर्षीया पार्वता राई, ४५ वर्षीया विष्णुकुमारी राई (तामाङ) र ८५ वर्षीया गंगामाया राई थिए ।
बिहान दुई बजे आ´गलागी हुँदा इटहरी, विराटनगर र दमकबाट दमकल बोलाइएको थियो । स्थानीय वासिन्दाहरू कानेपोखरीमै दमकल भएको भए यतिविघ्न क्ष´ति नहुने बताउँछन् ।
२०७६ मंसीरमा सुनसरीको इटहरीस्थित ‘बिग बार’ होटलमा आगलागी हुनेवित्तिकै इटहरी उपमहानगरपालिकाको दमकललाई खबर गरियो । तर, धरानको दमकल पहिले आइपुग्यो, त्यतिञ्जेलमा चार करोड रुपैयाँभन्दा बढीको क्ष´ति भइसकेको थियो ।
२५ पुस २०७५ मा प्रदेश–२ को महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर–७, बखरीमा काठमाडौं–महोत्तरी रुटमा चल्ने ना ८ ख ३३१६ नम्बरको, यात्रु झारेर रोकिराखिएको बसमा एक्कासी आगो लागेको थियो ।
चालक धीरेन्द्र सिंहले तत्कालै आगो नियन्त्रणका लागि प्रहरी र दमकललाई खबर गरे । तर, एक किलोमिटरको दूरीमा रहेको दमकल पनि पुग्न सकेन ।
बिग्रिएको दुई सातासम्म पनि मर्मत नगरिकन राखिएको हुँदा आगलागी नियन्त्रणमा समस्या भएको प्रहरीको भनाइ थियो । महोत्तरीमा बर्दिवास, जलेश्वर र गौशाला नगरपालिकामा तीन वटा दमकल थिए । तर, त्यो घटना भएका बेला सबै बि´ग्रिएको अवस्थामा थिए ।
२० फागुन २०७४ मा पर्साको पोखरिया नगरपालिका–४ का वशिष्ट नारायण वर्णवालको घरमा आगलागी भयो । पोखरियामा दमकल नहुँदा वीरगञ्जबाट बोलाउनुपर्यो, जसले आगो नियन्त्रणमा ढिलाइ भयो र करीब १५ लाख रुपैयाँ बराबरको क्ष´ति भयो । स्थानीय धर्मेन्द्र चौरसियाले नगरपालिकामा दमकल नभएकैले धेरै क्ष´ति व्यहोर्नु परेको बताए ।
मनाङ जिल्लामा पछिल्लो एक वर्षमा पाँच वटा आ´गलागीका घ´टना भए । तीमध्ये चार वटा डढेलोका थिए भने एउटा चाहिं धारापानीमा रहेको गुम्बामा आगो लागेको घ´टना थियो ।
प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार मनाङका चार वटा स्थानीय तहमध्ये कुनैले पनि दमकल राखेका छैनन् ।
‘सबैतिर दमकल जान सक्ने अवस्था त छैन, तर दमकल भएको भए बाटो पुगेको ठाउँमा आगो नियन्त्रणमा लिन सहज हुन्थ्यो’ उनले अनलाइनखबरसँग भने, ‘कुनै एउटा स्थानीय तहले भए पनि दमकल किने सहज हुनेथियो ।’
जिल्ला प्रहरी प्रमुख डीएसपी सुवास खड्काका अनुसार, दमकल नहुँदा धारापानीमा लागेको आगो स्थानीय, सेना र प्रहरीले माटो हालेर निभाएका थिए । २१ चैतमा बाँके जिल्लाको नरैनापुर गाउँपालिका–४, खोदवा गाउँमा आगलागी हुँदा १२० वटा घरटहरा जलेर ध्व´स्त भए । अनलाइन खबरबाट
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस