hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sun, 24, Sep, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  स्वास्थ्य-जीवनशैली

बच्चा पेटमा भएदेखि नै उसको विकाशमा आमाबुबाले गर्नु पर्ने काम यस्ता छन्

बच्चा पेटमा भएदेखि नै उसको विकाशमा आमाबुबाले गर्नु पर्ने काम यस्ता छन्
November 6, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

हरेक शिशु विशेष हुन्छन् । उनीहरूलाई विशेष बनाउन उनीहरूको शारीरीक तथा मानसिक विकासले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । शिशुको विकास दुई किसिमले हुन्छ- शारीरिक तथा मानसिक । शिशुको शारीरिक तथा मानसिक विकास जन्मनुअघि र जन्मिएपछिको अवस्थाले निर्धारण गर्छ । अझ जन्मपछि भन्दा पनि जन्मनुअघिका कुराले शिशुको वृद्धि तथा विकासमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ । गर्भमा रहेको शिशुको वृद्धिविकास दुईटा कुरामा आधारित हुन्छ- वंशाणुगत र गर्भावस्था ।

कतिपय शिशुको वृद्धिविकास वंशजका आधारमा हुने गर्छ भने गर्भावस्थामा गर्भवती महिलाले आफूलाई कत्तिको ध्यान दिएको छ, गर्भावस्थामा गरिएको क्रियाकलापका आधारमा पनि शिशुको शारीरिक तथा मानसिक विकास हुने गर्छ । उदाहरणका लागि, गर्भावस्थामा गर्भवती आमाले आइरन, क्याल्सियम लगायतका पोषणतत्वयुक्त खानेुकराको सेवन पर्याप्त मात्रामा गर्नुपर्छ ।

आइरनको सेवनले गर्भवती महिलाको शरीरमा रगतकेा निर्माण हुन्छ जसले गर्दा गर्भमा रहेको शिुशको शारीरिक विकास राम्रोसित हुन्छ । त्यसैगरी, गर्भवती महिलाले गर्भमा आफूलाई कत्तिको ध्यान दिएको छ, त्यस कुराले पनि गर्भमा रहेको शिशुको विकास कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्दछ । त्यसबाहेक, यस्ता कुराहरू पनि छन्, जसले शिशुको सम्रग विकासमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।

पौष्टिक तत्वको सेवन – गर्भवती अवस्थामा आमाले कत्तिको पौष्टिक खाना सेवन गरेकी छिन्, त्यसको आधारमा पनि शिशुको विकास हुने गर्छ । उदाहरणका लागि, गर्भावस्थामा गर्भवती महिलाले जति धेरै आइरन सेवन गर्छिन् शिशुको शारीरिक तथा मानसिक विकास त्यति नै धेरै राम्रो हुने गर्छ ।

जथाभावी औषधीको सेवन नगर्ने – गर्भवती आमाहरूले गर्भावस्थामा जथाभावी औषधीहरूको सेवन गर्नु हुँदैन । यसले गर्दा पनि शिशुको समग्र विकासमा असर पर्दछ । आराम गर्ने – कैयौ गर्भवती आमाहरूले गर्भावस्थामा धेरै शारीरीक परिश्रम गर्नु पर्दछ, जसका कारण गर्भमा रहेको शिशुलाई समेत यसले प्रतिकूल असर पार्नसक्छ । यस्ता असरबाट शिशुलाई हानि नहोस् भन्नका लागि पनि गर्भावस्थामा महिलाहरूले पर्याप्त मात्रामा आराम गर्न जरुरी छ ।

तनाव कम गर्ने – गर्भावस्थामा गर्भवती महिलालाई धेरै तनाव भएमा पनि यसले शिशुलाई असर पार्नसक्छ । गर्भावस्थामा गर्भवती महिलालाई तनाव भएमा गर्भवती महिलाको नसा खुम्चने गर्छ । जसले गर्दा पाठेघरमा रक्तप्रवाह राम्ररी हुन सक्दैन र रगत तथा अक्सिजनको कमी भई शिशुलाई असर पार्छ ।

सकारात्मक सोचको विकास – गर्भावस्थामा गर्भवती आमाहरूले जति धेरै सकारात्मक सोचको विकास गर्न सक्यो, उनीहरूबाट जन्मने शिशुहरू उत्तिनै स्वस्थ हुने गर्छन् । उनीहरूमा मानसिक समस्या हुने सम्भावना न्यून रहन्छ ।

शिशुहरूको वृद्धिविकास राम्ररी हुनुका साथै शिशुहरूमा समेत सकारात्मक सोचको विकास राम्ररी हुने गर्छ । गर्भावस्थामा नकारात्मक सोचको विकास भएमा तनावका कारण कम तौलको शिशु जन्मने, शिशुको मस्तिष्क राम्ररी विकास नहुने, शिशुमा गम्भीर मानसिक समस्या देखिने, समय अगावै शिशुको जन्म हुनेजस्ता समस्या देखिन सक्छन् ।

विभिन्न रोगको जोखिम – त्यसैगरी, गर्भवती आमाहरूलाई उच्च रक्तचाप, मधुमेह लगायतका विभिन्न समस्या भएमा पनि यसले गर्भमा रहेको शिशुलाई असर पार्ने गर्छ । गर्भावस्थामा गर्भवती महिलाहरूलाई विभिन्न रोग लाग्नेमा त्यसको संक्रमणका कारण शिशुलाई पनि असर पार्छ ।

शिशु जन्मेपछि – त्यसबाहेक शिशु जन्मेपछिको अवस्थाले पनि शिशुको वृद्धि विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । जन्मेको छ महिनासम्म शिशुले आमाको दूध राम्ररी सेवन गर्न नपाएको खण्डमा उसको वृद्धि विकास राम्ररी हुनसक्दैन । छ महिनादेखि कम्तीमा दुई वर्षसम्म आमाको दूधको साथमा अन्य खानेकुरा पनि सेवन गराउनु पर्छ । अन्यथा बालबालिकालाई आवश्यक पोषण पुग्दैन । बालबालिकालाई अन्य खानेकुरा ख्वाउँदा एक पटकमा एउटा खानेकुरा मात्र ख्वाउने गर्नुपर्छ । अन्यथा त्यस्ता खानेकुरा शिशुलाई नपच्न सक्छ । शिशुलाई हुनसक्ने एलर्जीको बारेमा पनि पत्ता लगाउन सकिन्छ ।

बारम्बार विरामी परेमा पनि शिशुको वृद्धिविकासमा असर पर्ने गर्छ । त्यसैले सकेसम्म त्यस्ता रोग निरन्तर लाग्न दिनु हुदैन । आवश्यक परेमा तुरुन्तै अस्पताल लैजानु पर्दछ । शिशु जन्मनु अघि आमाको आहारलाई विशेष ध्यान दिनुपर्छ भने जन्मिसकेपछि शिशुको आहारमा विशेष ध्यान पुर्‍याउनु आवश्यक छ ।

त्यसको लागि शिशुलाई कुन उमेरमा कति प्रोटिन तथा क्याल्सियम आवश्यक छ, त्यसबारे जान्नु आवश्यक छ । शिशुको उमेर अनुसारको तौल तथा उचाइ भए नभएको तथा अन्य शारीरीरक विकासलाई पनि ध्यान राख्नु पर्छ । उमेर अनुसारको खोप लगाएर पनि शिशुको वृद्धि विकास सही तरीकाले गर्न सकिन्छ ।

पर्याप्त मात्रामा सुताउने – बालबालिकाको शारीरिक विकास प्रायः सुतेको अवस्थामा हुने गर्छ । त्यसैले बालबालिकाहरूलाई रातको समयमा पर्याप्त मात्रामा निद्रा, सुताइ तथा आरामको आवश्यकता हुछ । बनलबालिकालाई कम्तीमा १० देखि १२ घण्टासम्म सुताउनु पर्छ ।

सरसफाइमा विशेष ध्यान पुर्‍याउने – शिशुहरूको वृद्धिविकासका लागि सरसफाइमा ध्यान दिनु आवश्यक छ । सरसफाइमा ध्यान दिन सकेको खण्डमा शिशुहरूलाई धेरै रोगहरूबाट जोगाउन सकिन्छ ।

नियमित सरसफाइ तथा स्नानलेे शिशुहरूलाई रुघाखोकी लाग्दैन र विभिन्न खटिराजन्य संक्रमणबाट जोगाउन सकिन्छ । नुहाउँदा बच्चाहरूलाई बनाइएका साबुन तथा सेम्पु प्रयोग गर्ने र राम्ररी पखाल्नु पर्दछ । त्यसैगरि आमाले पनि सरसफाइमा ध्यान दिन जरुरी छ ।

आमालाई संक्रमण भएमा बालबच्चालाई सरिहाल्ने सम्भावना हुन्छ । स्तनपान गराउने आमाले स्तनको मुन्टा (निप्पल) राम्ररी सफा गर्न विशेष ध्यान दिनुपर्छ । -यो लेख चाइल्ड हेल्थ नर्स सुरक्षा सुवेदीसितकेा कुराकानीमा आधारित छ ।

उनी हाल एसियन कलेज फर एडभान्स स्टडिज, सातदोवाटो, ललितपुरमा कार्यरत छिन् । उनले एसियन इन्टिच्यूट अफ नर्सिङ्ग एजुकेशन, मुम्बई युनिभर्सिटीबाट चाइल्ड हेल्थ नर्सिङ्गमा स्नात्तकोतर गरेकी छिन् । उनले चाइल्ड हेल्थ नर्सिङ्ग सम्बन्धी किताब समेत प्रकाशित गरिसकेकी छिन् ।)

  • #बच्चा पेटमा भएदेखि नै उसको विकाशमा आमाबुबाले गर्नु पर्ने काम यस्ता छन्

स्वास्थ्य-जीवनशैली बाट थप

  • आन्दोलनरत चिकित्सक भन्छन् : हामी भगवान होइनौं, विदेश पलायन हुन बाध्य नपार आन्दोलनरत चिकित्सक भन्छन् : हामी भगवान होइनौं, विदेश पलायन हुन बाध्य नपार
  • प्याज र लसुनको बोक्रा पनि धेरै काम लाग्नसक्छ, फाल्नुको सट्टा यसरी प्रयोग गर्नुहोस् प्याज र लसुनको बोक्रा पनि धेरै काम लाग्नसक्छ, फाल्नुको सट्टा यसरी प्रयोग गर्नुहोस्
  • यी पाँच चिजसँग बिर्सेर पनि नखानुहोस् दुध, स्वास्थ्यका लागि खतरनाक जानीराखौं यी पाँच चिजसँग बिर्सेर पनि नखानुहोस् दुध, स्वास्थ्यका लागि खतरनाक जानीराखौं
  • थाहा पाइराख्नुहोस स्याउको जुस पिउनुका यस्ता छन् फाइदाहरू थाहा पाइराख्नुहोस स्याउको जुस पिउनुका यस्ता छन् फाइदाहरू
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालतमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित

    सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालतमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित

    सन्दीपविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज, टोलीसँगै चीन जान पाएनन्

    सन्दीपविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज, टोलीसँगै चीन जान पाएनन्

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    आज असोज ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

    आज असोज ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    चन्द्रयान को :  कुनै सङ्केत आएको छैन

    चन्द्रयान को : कुनै सङ्केत आएको छैन

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    चन्द्रयान को :  कुनै सङ्केत आएको छैन

    चन्द्रयान को : कुनै सङ्केत आएको छैन

    hotpati logo footer

    xyz द्वारा संचालित

    नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : 123456

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग

    प्रधान सम्पादक :भगवती शाही

    प्रकाशक :रेशमा शाही

    अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग

    ग्राफिक डिजाइनर :धरम तामाङ्ग


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑