ग´र्भवतीले गर्ने हरेक क्रियाकलाप, सोच्ने तौर-तरिका सबै कुराको प्रभाव गर्भको बच्चामा पनि पर्छ । त्यही कारण ग´र्भावस्थमा सकारात्मक सोंच राख्नुपर्छ, खुसी हुनुपर्छ, उत्साहित हुनुपर्छ भनिएको हो । किनभने आममा पैदा हुने यस्तो भावनात्मक कुराले ग´र्भको बच्चामा गहिरो प्र´भाव पार्छ । तपाईंले सुन्नु भएकै होला, ग´र्भवतीले संगीत सुन्नु राम्रो हो ।
त्यसो त गीत संगीत सुन्न कसलाई पो मन पर्दैन ? आफ्नो मुड अनुसार संगीत सुन्नाले मनमा शान्ति आउने, तनाव कम हुने तथा स्फुर्ती बढ्ने अनुभव धेरैको होला । खुशीका क्षणहरु होस् या दुःखको पल, रमाईला भोज होस् या सभा, पिकनिक, विवाह, ब्रतबन्ध, जाडपर्व हरेक पलमा संगितको आफ्नै महत्व छ ।
२३ बषिर्की अञ्जना नवविवाहित हुन् । उनी गीत संगीतमा हुरुक्कै हुन्छिन् । जुनसुकै समयमा गीत सुन्न रुचाउँछिन् । जतिबेला उनको गर्भ रह्यो, त्यसबेला भने द्विविधा भयो । आफुले गीत सुन्दा कतै गर्भको बच्चालाई असर पो हुने हो कि ? गर्भवतीले सचेत एवं सर्तक हुनैपर्छ ।
आफुले गर्ने कस्ता गतिविधिको के असर पुग्छ भन्ने हेक्का राख्नुपर्छ । अञ्जना त्यस मामलामा सचेत थिइन् । गर्भवती भएको वेला लामो यात्रा गर्नु हुदैन, गाह्रो काम गर्नु हुदैन अनि भारी बोक्नु हुदैन । उनले चिकित्सकको सल्लाह बमोजिम औषधीहरु लिने, ब्रत नबस्ने, थोरै थोरै तर धेरै पटक खाने, पानी सागपात र गेडागुुडी प्रशस्त मात्रामा खान पनि पछि परिनन् ।
चिकित्सकले भनेको अनि सुनेको आˆनो सानो सानो कुरा पनि महत्व अनि जिम्मेवारीका साथ पुरा गर्न खोजिन् अञ्जनाले । आफ्ना गर्भको बच्चाका लागि कुनै सम्झौता नगर्ने निर्णयमा रहेको अञ्जनाको एउटै चिन्ताको बिषय थियो संगीत सुन्ने कि नसुन्ने ? संगीत सुन्न हुन्छ भने कस्तो अनि कति समय सम्म र कसरी सुन्ने ?
गर्भावस्थामा संगीत – सैंद्धान्तिक रुपमा ध्वनीको प्रभाव एकाग्रता, निन्द्रा, मानसिक विकास तथा भाषिक क्षमतामा विकाश गराउनेमा हुन्छ ।
ताइवानको कलेज अफ नर्सिङ, कौसियुङ मडिकल युनिर्भसिटीले २३६ गर्भवती महिलाहरुमा गरिएको अध्ययन अनुसार गर्भवस्थामा दुई हप्ता मात्र पनि संगीत सुन्नाले गर्भवती महिलाहरुलाई तनाव मुक्त बनाउन मद्दत गर्यो । ति महिलाहरुले क्लासिकल संगीत तथा प्रकृतिका ध्वनीहरु सुन्ने गरेका थिए ।
उक्त अध्ययन अनुसार मानसिक रुपमा तनाव महशुस गरी रहेका गर्भवती महिलाहरुले अनिवार्य रुपमा दुई हप्ता मधुर संगीत, प्रकृतिका स्वरहरु वा मनपर्ने गीतसंगीत सुन्न सल्लाह दिइएको छ । तर संगीत कति घण्टा सम्म सुन्ने भनिएको छैन ।
त्यस्तै स्पेनमा गरिएको ४०९ जना गर्भवतीहरुमा गरिएको एक अर्को अध्ययनले संगीतले गर्भवती महिलाहरुको तनाव -एन्जाईटी) कम गर्ने अनि बच्चाको तौल र छातीको चौडाई -चेष्ट सर्कम्प|mेन्स) बढि हुने गरेको देखाएको छ ।
सदियौंदेखिको संस्कार – गर्भावस्थामा संगीत सुन्ने नया प्रयोग चाहि होइन । थाहा भएर वा नभएर पनि गर्भावस्थामा भजन तथा विभिन्न किसिमका मेलोडिहरु सुन्ने प्रचलन हाम्रो समाजमा पहिले देखि नै रहेको छ ।
विकसित मुलुकहरुमा सन १९९० तिर देखी नै गर्भको बच्चाका लागी गर्भवतीहरुले “ओम्व म्युजिक” अर्थात गर्भ संगीत सुन्ने गरेको पाईएको छ । समान्यतयाः गर्भको बच्चा ५ महिना भईसकेपछि, उनको सुन्ने शक्तिको विकास भई सकेको हुन्छ । त्यसैले गर्भको भ्रुणले पनि २० हप्ताको अवधी पछि संगीत सुन्न सक्ने अनुमान विज्ञहरुको रहेको छ ।
यस अवस्थामा गर्भवती महिलाले गर्भ संगीत सुन्नाले गर्भको बच्चा जन्मीसके पछि उसको आत्मवल बढ्ने साथै मानसिक विकासमा मद्दत पुर्याउने हुन्छ । यसले आमा र बच्चा विचको सम्बन्ध प्रगाढ बनाउछ । यस्ता बच्चाहरु बढी संवेदनशील हुने तथा उनको स्नायु प्रनाणीको राम्रो विकास हुने विज्ञहरुको धारणा रहेको छ ।
संगीत एक उपचार – प्रसिद्ध मनोवैज्ञानिक डा.एलान डि.रेटमेनका अनुसार संगितलाई गर्भको विभिन्न अवस्थाहरु संगै प्रसवको अवस्थामा पनि सुन्नु प्रभावकारी हुन सक्छ ।
संगितले गर्भवती महिलाहरुको तनावहरु मुक्त गर्नुको साथै उनिहरुमा रिस, राग, द्वेष हटाउन मद्दत गर्छ । यसले प्रसवको पिडालाई पनि घटाउने हुन्छ । डा.रेटमेनका अनुसार न्यून ध्वनीमा क्लासिकल तथा प्रकृतीका ध्वनीहरु वा मनपर्ने संगीत शान्त भएर एकाग्रका साथ करिव आधा घण्टा सुन्नु उपयुक्त हुन्छ ।
संगितले आमा र गर्भको बच्चा दुबैमा थप उर्जा पैदा गर्छ । तर अध्याधिक ठुलो आवजमा संगीत सुन्नाले नराम्रो असर पनि गर्न सक्छ । त्यसैले सानो वा ठिक्क आवाजमा हल्का, क्लासिकल वा मेलोडि तथा प्रकृतीका ध्वनीहरु निश्चित समयका लागी एकाग्र भएर सुन्नु नै उपयोगी अनि उपयुक्त सावित हुन सक्छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस