बाँच्नका लागि दिनमा तीन पटक भोजन लिनुपर्छ । स्वस्थ्य जीवनका लागि चार/पाँच पटकसम्म खानुपर्छ । एकसाथ धेरै होइन, बरु थोरै-थारै तर पटक-पटक खाना खानुपर्छ । खाना के खाने भन्ने कुरा जति महत्वपूर्ण छ, उत्तिनै महत्वपूर्ण छ कुन कुन बेला खाने भन्ने कुरा ।
यदि खाना खाने समयको तालमेल मिलेन भने, त्यसबाट पोषण प्राप्त हुने त होइन, बरु स्वास्थ्य समस्या ल्याउँछ । अ´पच, ग्या´ष्ट्रिक आदि खानपानकै तालमेल नमिल्दा हुने स´मस्या हुन् । खानपानमा पनि नास्ताको खास महत्व छ । नास्ता अर्थात बिहानको भोजन। दिनभर शरीरलाई आवश्यक इनर्जी बिहानको भोजनबाटै मिल्ने हो । त्यसैले बिहान नास्ता गर्नैपर्छ । पश्चिमा मुलुकमा यसलाई खानपान संस्कारकै हिस्सा बनाइएको छ । उनीहरु अनिवार्य ब्रेकफास्ट लिन्छन् । हामीकहाँ भने बिहानी भने दुध चियाबाट सुरु हुन्छ । धेरैले त बिहानको नास्ता लिदैनन् ।बिहानको नास्ता सेवन नगर्दा के हुन्छ त ? – यदि बिहानको नास्ता गरिएन भने त्यसले शरीरमा एकदमै नकारात्मक असर गर्छ ।
टाइप २ मधुहको ख`तरा – अहिलेका पुस्ता खानपानमा एकदमै लापरबाही छन् । यसले स्वास्थ्य समस्या पैदा गर्छ । खासगरी बिहानको नास्ता नगर्दा टाइप-२ मधुमेहको खतरा हुन्छ ।
दिनभरको उर्जा – दिनभर चुस्त रहनका लागि खाना आवश्यक हुन्छ । यसमा पनि सबैभन्दा महत्वपूर्ण हुन्छ, बिहानको नास्ता ।
स्मरण क्षमता सही – जब हामी समयमा नास्ता गर्छौ, हाम्रो मस्तिष्क स्वस्थ्य हुन्छ । यसले गर्दा स्मरण क्षमता सही हुन्छ ।
न्युन रक्तचापको स´मस्या – यदि नियमित नास्ता गरिएन भने न्युन रक्तचापको खतरा हुन्छ । दृष्टि कमजोर हुनसक्छ । शरीरमा क´मजोरी अनुभव हुन्छ । त्यसैले बिहानको नास्ता गर्नैपर्छ ।
चिडचिडापन कम हुन्छ – यदि समयमा नास्ता गरिएन भने चिडचिडापनको समस्या हुन्छ । यसले डिप्रेसनको स´मस्या निम्त्याउँछ । त्यसैले बिहान नास्ता गर्नुपर्छ ।
नराखौ लामो ग्याप – खानेकुरा सेवन गर्ने समयतालिका निश्चित गरौ । लामो ग्यापमा खानेकुरा सेवन गर्नु फाइदाजनक हुँदैन । कम्तिमा हरेक तीन घण्टाको अन्तरमा खानेकुरा सेवन गर्नुपर्छ । यसले गर्दा शरीरमा कुनै समस्या आउँदैन । यदि खानपानमा लामो ग्याप भयो भने त्यसले एसिडिटी वा पाचन सम्बन्धी समस्या ल्याउँछ । शरीरको प्रतिरक्षा क्षमता पनि क´मजोर हुन्छ ।
के खाने नास्तामा ? – बिहान भरपेट नास्ता खाने भन्दैमा जस्तोसुकै खानेकुरा उपयुक्त हुँदैन । जंकफूड, प्याकेटको खानेकुरा, चिल्लो, मसलेदार खानेकुराले पाचन यन्त्रमा असर गर्छ । बिहानको नास्तामा उच्च फाइबर र लो कार्बोहाइड्रेटयुक्त खानेकुरा सामेल गर्नुपर्छ । यस किसिमको खानाले दिनभर शरीर फूर्तिलो हुन्छ ।
थप अनमोल भनाईहरु :
१) नदीको छेउमा उभिएर नदि पार हुदैन, त्यसैगरी सुतेर सपना देख्दैमा सपना पुरा हुदैन, सपना पुरा गर्नु छ भने उठेर कदम चाल्ने गर ।
२) मान्छे जन्मिएर दुई बर्ष पछी मात्र बोल्न सिक्छ तर के बोल्नु पर्छ यो सिक्नको ;आगी उसलाई पुरै जिन्दगी लाग्छ ।
३) सिलाई मेसिनमा धागो नभए पनि चल्न त चल्छ तर त्यसबाट सिउने काम हुदैन, त्यसैगरी सम्बन्धमा माया छैन भने जिन्दगी चल्न त चल्छ तर सम्बन्धको मिठास आउने काम हुदैन ।
४) बुढेसकालमा दुई छाक खाना तपाईको छोराले होइन तपाईले दिनुभएको संस्कारले खुवाउने छ, त्यसैले आफ्नो सन्तानलाई असल संस्कार दिनुहोस ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस