काठमाडौँ । धेरैजसो महिलामा कपाल झर्ने स´मस्या हुन्छ भने कतिलाई कपाल लामो नहुने समस्याले पि´रोलेको हुन्छ। कपाल निकै कम मात्रामा बढ्ने वा बढ्दै नबढ्ने समस्याका कारण धेरै हुन सक्छन्।
जसमध्ये प्र´दूषण, अस्वस्थ जीवनशैली, खाना सम्बन्धित नराम्रो बानी र शारीरिक गतिविधि आदि हुन सक्छ। केही सरल घरेलु उपाय अपनाएर कपाललाई लामो र स्वस्थ बनाउन सकिन्छ।
ती उपायहरू यसप्रकार छन्ः
आलुको रसः कपालको लागि ताजा आलुको रस तयार पार्नुभन्दा आलुको बोक्रा तासेपछि आलुलाई मसिनो टुक्रामा काटी ब्लेन्डरमा मिक्स गर्नुपर्छ । यसरी तयार भएको पेस्ट अलि बाक्लो भयो भने त्यसमा पानी पनि मिसाउन सकिन्छ ।
आलुको रस र आलुको टुक्रालाई छुट्याउन मलमलको कपडामा राखेर छान्नुपर्छ ।यसरी छानेर आएको रसलाई कपालमा लगाउन सकिन्छ । तर होस गर्नुपर्ने कुरा के हो भने हरेक पटक प्रयोग गर्न आलुको ताजा रस नै चाहिन्छ ।
कपाललाई लामो र बाक्लो बनाउन आलुको रसलाई विस्तारै कपालको जरासम्म पुर्याउन मालिस गर्दै लगाउने र बचेको रसलाई कपालमा लगाउनु पर्छ ।
त्यसपछि सावर क्यापले कपाल छोप्नुपर्छ ।२० देखि २५ मिनेटपछि कपाललाई सफा पानीले धुनुपर्छ । कपाल लामो बनाउन यो प्रक्रियालाई सातामा एक पटक गर्नु आवश्यक हुन्छ । यस प्रक्रियाले कपाललाई बढाउनुका साथै चमकदार पनि बनाउँछ ।
यो उपाय अपनाउँदा कपालमा प्याज लगाए जस्तो नराम्रो गन्ध पनि आउँदैन । त्यसका लागि सफा पानिले राम्ररी धुनुपर्छ ।
आलुको रस, मह र अन्डाको मास्कः आलुको रसको प्रयोगले हेयर मास्क पनि बनाउन सकिन्छ । यसका लागि आलुको रसमा थोरै मह र अन्डा मिसाएर बनाउन सकिन्छ । यस प्याकले कपालको जरामा मसाज गर्नु पर्छ । यसोगर्दा कपालको जरामा विशेष ध्यान दिनुपर्छ । किनभने यसले जरालाई सक्रिय बनाई कपालको वृद्धिमा मद्दत पुर्याउँछ। यस मास्कलाई कमसेकम ३० मिनेटसम्म कपालमा राखेर राम्रोसँग पखाल्नुपर्छ।यो कपाल बढाउने प्राकृतिक तरिका भएकाले यसले कपाललाई कुनै नराम्रो असर गर्दैन । कपाललाई आवश्यक पर्ने चिसोपना प्रदान गर्ने हुनाले जरासम्म पोषण प्रदान गर्न यस मास्कले मद्दत गर्छ।
आलुको रसको फाइदा : यसले कपाल वृद्धि हुन सहयोग पुर्याउँछ।स्कपालमा चमक ल्याउन आलुको रसले मदत गर्छ।स्मह र अन्डा मिसाएर लगाउँदा यसले कपालमा राम्रो कन्डिसनर काम गर्छ।स्कपालको जरालाई सफा राख्छ।स्जरा स्वस्थ बनाउन पनि आलुको रसले सहयोग गर्छ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस