काठमाडौं, १९ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जिम्मेवार राजनीतिक नेतृत्वले ‘माछा देख भित्र हात, सर्प देखे बाहिर हात’ नगर्ने बताएका छन् । उनको टिप्पणी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित रहेको छ । प्रचण्डले एमसीसी पास गर्ने भनेर अमेरिकालाई चिठ्ठी नलेखेको भनेर बोलेको कुरामा भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो बताएका हुन् ।उनले लेखेका छन्–‘जिम्मेवार राजनीतिक नेतृत्वले ‘माछा देखे भित्र हात,सर्प देखे बाहिर हात’ गर्दैन। मुख्य कुरो कुनै पनि बिषय देश र जनताको हितमा छ कि छैन भन्ने हो। यदि छ भने राजनेताले जोखिम मोलेर पनि त्यो कार्य गर्छ र जनतालाई सम्झाउॅछ। चुनावी राजनीति मात्र गर्नेले कुरा चपाउॅछ!’ रिपोर्टस् नेपालबाट
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस