समयसँगै अहिलेको युवापुस्तामा धेरै परिवर्तन आइरहेको छ । तर पनि केही पुराना मान्यताहरुलाई छोड्न सक्दैनौं ? कुनै सम्बन्धको लागि पहल पुरुषले नै गर्नुपर्ने किन ? हामी आफ्नो विचारमा त धेरै अगाडि निस्किएका छौं तर, कैयौं मामिलामा अहिले पनि हामी पछाडि छौं । युवतीहरुले युवकहरुसँग सम्बन्धको सुरुवात गर्ने आशा गर्नुको पछाडि धेरै कारणहरु छन् । आखिर यस्तो किन भइरहेको छ ?
१. अस्विकारको डर : युवतीहरुको सबैभन्दा ठूलो डर हो रिजेक्सन् । सामान्यरुपमा महिलाहरु पुरुषले आफ्नो प्रेम प्रस्तावलाई अस्विकार गरिदिए भने के होला भन्ने सोच्छन् । उनीहरुको मनमा यो कुराको डर हमेसा हुन्छ । ‘उसमा मलाई कुनै रुची छैन । म त्यो स्थितीको सामना कसरी गर्न सक्छु ? अरु मानिसहरुलाई यो कुरा थाहा भयो भने उनीहरुले मेरो बारेमा के सोच्नेछन् ?’ यस खालका धेरै प्रश्नहरु छन् जुन उनीहरुको दिमागमा दौडिरहेको हुन्छ । यसै डरको कारणले उनीहरु जुन युवकलाई मनपराउँछ उनीहरुलाई डेटको प्रस्ताव गर्न हच्किन्छन् र आँफैलाई रोक्छन् ।
२. उसले मेरो बारेमा के सोच्नेछ ? : महिलाहरुलाई आफूलाई कसैले मुल्यांकन गरेको मन पर्दैन । यही कारण उनीहरु पुरुषलाई प्रस्ताव गर्दैनन् । अरुले आफ्नोको बारेमा के सोच्नेछन् भन्ने डरको कारण आँफैलाई रोक्छन् । यो असुरक्षाको भावना नै उनीहरुको आत्मविश्वासमा भारी पर्छ । कुनै पनि महिला यो कुरामा डराउँछन् । उनीहयुवकले यो त मेरो टाइपकी युवती होइनन् कि भन्ने सोच्छन् कि भनेर चिन्तित रहन्छन् । महिलाहरुको मनमा सँधै पुरुष र आसपासका मानिसहरुले आफूलाई मुल्याङ्कन गर्ने भय हुन्छ ।
३. अरुसँग सम्बन्धमा पो छ कि ? : युवतीहरु विभिन्न खालका सवालहरुलाई आँफै उल्झाउँछन् । आफूले चाहेको पुरुष पहिलेदेखि नै अरुसँग सम्बन्धमा छन् कि भन्ने डरले उनीहरुको अगाडिको कदमलाई रोक्छ । उनीहरुलाई त्यो सम्बन्धको सुरुवातको बारेमा सोध्न पनि सक्दैनन् र यसै डरले पछाडि हट्छन् ।
४. हरेक मामिलामा युवकलाई अब्बल पाउँछन् : महिलाहरु केहि गर्न भन्दा पहिले त्यससँग जोडिएका रिस्कको बारेमा पनि हिसाब गर्छन् । यहि काम उनले कुनै पुरुषलाई अप्रोच गर्नभन्दा पहिले पनि गर्छिन् । यदि उनीहरुले आफूले चाहेको युवकलाई हरेक मामिलामा राम्रो पाएमा आँफै पछाडि हट्छन् । उनीहरुको यो सोचले नै उनीहरुलाई आफ्नो मनको कुरा भन्न रोक्छ ।
५. पर्सनालिटी राम्रो छैन : अहिलेको समयमा कसैसँग पनि यति धेरै समय हुँदैन कि उनीहरुले पर्सनालिटी राम्रो नभएका कुनै व्यक्तिसँग डिल गरुन् । यस्ता व्यक्तिहरुसँग कुरा गर्न मानिसहरुले धेरै रुची राख्दैनन् । महिलाहरुको मनमा पनि यो कुरा गढेको हुन्छ । त्यसैले कैयौं पटक उनीहरु मात्रै व्यक्तिको बाहिरी आकर्षणबाट प्रभावित हुँदा हुँदै पनि स्वभावको कारण पहिले अप्रोच गर्दैनन् । उनीहरुको मनमा उसको लुक राम्रो भए पनि उसको पर्सनालिटीले बिल्कुल अलग भयो भने के गर्ने भन्ने सवाल दैडिरहन्छ ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस