काठमाण्डौं – आईपिओ परेन भनेर गुनासो गर्नेहरुका लागि खुसीको खबर छ । आईपीओ भर्नकै लागि भनेर धेरैले डिम्याट खाता खोलेका हुन् ।
साना कम्पनीहरुले थोरै मात्रामा सेयर निश्कासन गर्दा शेयर नपरेर निरास बनेका अधिकांश लगानीकर्तालाई खुशीको खबर छ । ठूला कम्पनीको आईपीओमा लगानीकर्ता भुम्मिने गरेका छन् ।
पछिल्लो समय नेपाल इन्फ्राइस्टक्टर बैंकले सबैभन्दा धेरै कित्ता शेयर निश्कासन गरेको थियो ।्आईपीओ भरेकाले ५० र ६० कित्ता शेयर पाएका थिए । अहिले त्यो भन्दो ठूलो अर्घाखाँची सिमेन्टको आइपीओ आउने भएको छ ।
अर्घाखाँची सिमेन्ट आईपीओ निश्कासन गर्नकै लागि अघिल्लो बर्ष पव्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भइसकेको छ ।
‘सर्वसाधारणको लागि सेयर खुलाउने विषयमा तयारी अगाडी बढाइरहेको छ,’ कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलले भने, ‘अहिले ठ्याक्कै मिति तोक्न नसकेता पनि छिट्टै सर्वसाधारणलाई सेयर जारी गरिसक्ने हिसाबले काम अगाडी बढाइरहेका छौँ।’
अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त समेत गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्धारा औपचारिक रुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री बितरणलाई सँधै प्राथमिकतामा राख्ने जनाएको छ ।
“हाल सम्म ३३ ग्रेड सो सहरको मान्यता पाइरहेको हाम्रो उत्पादनलाई ४३ ग्रेडको प्रमाणी करणले आम उपभोक्तालाई अर्घाखाँचीका उत्पादनहरुको प्रयोग गर्न थप निश्चिन्त बनाउने छ,” कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले बताए ।
गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएचएस–५७२ को अवधारणा सहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो । क्लिंकर, ओपिसी र पिपिसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट कम्पनी मध्येको एक हो ।
गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै यस कम्पनीले आइपीओमा जाने तयारी सुरु गरिसकेको छ । तिहार लगत्तै आईपीओ निश्कासनको पक्रीया अगाडि बढाइन् कम्पनीले जनाएको छ ।६०÷४० को अनुपातमा आईपीओ आउने बुझिएको छ । यसको निश्चित भइसकेको छैन् । त्यसैले सबैले यसको आईपीओ पाउने मौका पाउनेछन् ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस