काठमाडौं । नेयमार र किलिएन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरेपछि पेरिस सेन्ट जर्मने (पीएसजी)ले बोर्डोलाई ३-२ ले पराजित गरेको छ । नेयमारले दुई गोल गर्दा एमबाप्पेले एक गोल गर्नुका साथै दुई असिस्ट गरे ।अवे मैदानमा पीएसजीले तीन गोलको अग्रता लिएको थियो । बोर्डोले अन्तिम १२ मिनेटमा दुई गोल फर्काएको थियो ।
खेलको २६औं र ४३औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई पहिले अग्रता दिलाएका थिए । दुवै गोलका लागि एमबाप्पेले सहयोग गरेका थिए ।६३औं मिनेटमा एमबाप्पेले जर्जिनिओ वाइनाल्डमले गोल गर्दै पीएसजीको अग्रतालाई ३-० बनाए ।
बोर्डोका लागि ७८ औं मिनेटमा अल्बर्थ इलिस र इन्जुरी टाइममा मबेय नियाङले गोल गरे पनि हार टार्न पर्याप्त भएन ।जितपछि १३ खेलबाट ३४ अंक जोडेको पीएसजीले दोस्रो स्थानको लेन्समाथि १० अंकको अग्रता बनाएको छ ।बोर्डो १३ खेलबाट १२ अंकसहित १६औं स्थानमा छ ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस