नेपाली चलचित्रका निर्माता र प्रदर्शकबीच सधैंजसो लडाइँ चल्छ । अझ प्रदर्शकहरुले विदेशी चलचित्रलाई प्राथमिकतामा राखेर नेपाली चलचित्रलाई बेवास्ता गरेको आरोप पनि लाग्ने गरेको छ । निर्माताहरुका समस्यामा कमै मात्र चलचित्रकर्मी बोल्ने गर्छन् । यसमा सबैभन्दा अगाडि पर्छन्, दीपकराज गिरी ।
दीपकले लामो समयदेखि प्रदर्शकहरुले नेपाली चलचित्रमाथि अन्याय गरेको भन्दै आवाज उठाइरहेका छन् । यसो गर्दा उनी कैयौं पटक प्रदर्शकहरुको तारो समेत बनेका छन् । तर, अब उनै दीपक हल व्यवसायमा लाग्दैछन् । काठमाडौंको नयाँ बानेश्वरमा दीपक र उनको टिमले हल सञ्चालन गर्दैछ । हल सञ्चालक भएपछि दीपकको बोली फेरिने हो कि भन्ने आशंका धेरैको छ ।
दीपक भने यो कुरा मान्न तयार छैनन् । उनी आफू हल व्यवसायमा लागेपनि निर्माताका लागि बोल्न नछाड्ने बताउँछन् । ‘म सबैभन्दा पहिला कलाकार हुँ । यसैले मेरो आवाज सबैभन्दा पहिला कलाकारका लागि हुन्छ । यसपछि म निर्माता भएको हुँ,’ उनले भने, ‘यसैले निर्माताका लागि म सधैं बोलिरहन्छु ।
चलचित्र भवन खोल्न लागेपनि मेरो जोड सधैं कलाकार र निर्माताका लागि हुन्छ ।’उनले अगाडि भने, ‘भोलि हल सञ्चालनमा आएपछि पनि तपाईंहरुले मलाई निर्माताकै पक्षमा बोलेको पाउनुहुनेछ ।’स्रोत अनलाइन खबर
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस