२१ कात्तिक, काठमाडौं । लगानी योग्य रकम (तरलता) अभावका बीच पनि बैंकहरुको बेस रेट (आधार दर) चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार २७ वाणिज्य बैंकहरुको औसत आधार दर ७.५२९ देखिएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ७.७९३ थियो ।
बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार हो बेस रेट । बेस रेट सस्तो हुँदा ऋणको ब्याजदर पनि सस्तो हुन्छ । यो आधारमा सबैभन्दा ऋणको ब्याजदर सस्तो स्टाण्डर्ड चार्ट बैंकमा हुने देखिएको छ । यस अघि सबैभन्दा कम बेस रेट राष्ट्रिय वाणिज्य बैंकको देखिएकोमा अहिले कम हुनेको पहिलो नम्बरमा स्टाण्डर्ड चार्टड देखिएको छ ।
कर्जाको ब्याजदर निर्धारणमा स्पष्टसँग पहिचान गर्न सकिने तत्वहरु समावेश गरी गणना गरिएको दर नै आधार दर (बेस रेट) हो । बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर निर्धारण प्रतिष्पर्धी र पारदर्शी गराउने उद्देश्यले आर्थिक वर्ष २०६९/७० को मौद्रिक नीतिमा पहिलोपटक आधार दर प्रणाली लागु गर्ने उल्लेख गरिएको थियो ।
आधार दर २०६९ सालमै वाणिज्य बैंकमा लागु भएको थियो भने त्यसको एक वर्षपछि २०७० सालदेखि मात्रै विकास बैंक र फाइनान्स कम्पनीहरुमा लागु गरिएको थियो ।
जसमा कर्जाको जोखिम प्रिमियम अर्थात जोखिम अनुमानको दर थप गरी ब्याजदर निर्धारण गरिन्छ र यो बैंकबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागु हुन्छ ।
तर, आधार दर कर्जाको वास्तविक ब्याजदर होइन । यो ब्याजदर निर्धारण गर्ने आधार मात्र हो । जसलाई ब्याजदरको सन्दर्भ दर पनि भन्न सकिन्छ । अर्थात बैंकहरुले आधार दरलाई सन्दर्भ दर मानेर ब्याजदर तोक्नु पर्दछ । अहिले बैंकहरुले आफ्नो बेस रेट कति छ त्यसमा केही निश्चित प्रतिशत जोडेर ब्याजदर निर्धारण गर्ने गरेका छन् ।
आम रूपमा बेस रेट घट्दा बैंकिङ कर्जाको ब्याजदर घट्छ । तर, यसमा बैंकहरुलाई खेल्ने ठाउँ पनि हुन्छ । बैंकले ग्राहक हेरेर बेस रेटमा अतिरिक्त केही प्रतिशत प्रिमियम थप्न सक्छन् ।
सरकारले ल्याएको विभिन्न किसिमका सहुलियत कर्जामा भने बेस रेटमाथि बढीमा २ प्रतिशत मात्रै प्रिमियम जोड्न पाउने व्यवस्था छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले साना कर्जामा पनि बढीमा २ प्रतिशतमात्रै प्रिमियम जोड्न सक्ने बताएको छ ।
१ करोड माथिका कर्जामा भने बैंकहरु आफैंले प्रिमियम तोक्ने अधिकार पाएका छन् । अहिले राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ५.४१ प्रतिशत छ । यदि यस बैंकमा १ करोड मुनिको कर्जा लिन जाँदा बेस रेटमा अधिकतम २ प्रतिशत जोड्दा ७.४१ प्रतिशत कर्जाको ब्याजदर हुनेछ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ वटा कमर्सियल बैंकले बेस रेट बढाएका छन् । बाँकी १९ बैंकहरुको भने बेस रेट घटेको छ । बैंकमा तरलता संकट देखिँदा बैंकहरुको लागत पनि बढेको छ । यद्यपि धेरै बैंकको भने बेस रेट बढेन । एनआईशी एशिया, ग्लोबल आईएमई बैंक, मेगा बैंक लगायतका बैंकहरुको बेस रेट बढेको छ ।स्रोत अनलाइन खबर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस