बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने भएका छन्। सोमबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक हुँदैछ। त्यहाँ उनले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद लक्ष्मण लम्सालले जानकारी दिए।
प्रस्ताव पेश भएसँगै मतदान पनि भोलि नै हुनसक्ने उनले बताए। भोलि ३ बजे संसद बैठक छ। त्यही बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश हुन्छ। सायद भोलिनै विश्वासको मतमाथि मतदान हुन्छ होला,’ उनले भने।
फर्किँदा चोरपानीदेखि लान्टीसम्म रिजर्भ गाडीमा आइन्। अनि लान्टीदेखि तुलसीपुर आउने बस चढिन्। अन्तिमतिरको सिटमा बसेर यात्रा गरिरहेकी उनका साथमा दुई दाजु पनि थिए।
सल्यानको दुलधारा पोखरा खलंगा हुँदै तुलसीपुरतर्फ आउन लागेको ना २ ख २५५२ नम्बरको बस आफ्नै गतिमा कुदिरहेको थियो। सबै सिट यात्रुले भरिएको थियो। केही उभिएका पनि थिए।
देवीका अनुसार बस चढेको एक घन्टा जतिपछि लुमाम बजारमा राकियो। चालक र सहचालक झरेर बजार छिरे। निकैबेर बेपत्तै भए।
यात्रु कराउन थालेपछि बल्ल पौने घन्टा जस्तोमा चालक आए। सहचालक भने फर्केनन्। बस फेरि गुड्यो।यसपछि देवी बसमा ढुक्कले निदाएकी थिइन्।
बिहान करिब सवा ११ बजेको थियो। कपुरकोट गाउँपालिका वडा नं. ५ खारखोला नजिकै पुग्दा ठूलो आवाज आयो। बसका मानिसहरू चिच्याउन, कराउन थाले। देवी जब बिउँझिन् उनी चढेको गाडी खसेर गल्ट्याङगुल्टुङ गर्दै थियो। गाडी खसेको आवाजले झस्किएकी उनले सुरूमा त के भयो, पत्तो पाइनन् ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस