काठमाडौं । नवलपरासीको सुस्तामा भारतीय सीमासुरक्षा बल (एसएसबी)ले विना अनुमती ड्रोनबाट सीमा अनुगमन गर्दा समेत नेपाल सरकार भने मौन बसेको छ । सुस्ता गाउँपालिका–५ को एक नम्बर ठोक्कर नजिकबाट उनीहरूले नेपालतर्फ ड्रोन क्यामरा उडाएर नापजाँंच गरेको स्थानीयबासीले बताएका छन् । स्थानीयबासीले प्रहरीलाई जानकारी गराउँदा पहरीले उनीहरुलाई रोक्ने प्रयास समेत नगरेको स्थानीयबासीको आरोप छ । सुस्तामा निर्माणाधीन झोलुंगे पुल नजिकमा बसेर एसएसबीका एक दर्जन सुरक्षाकर्मीले नेपाली भुभागमा ड्रोन उडाएर फोटो खिचेका हुन् ।
स्थानीयहरु उनीहरूले नेपाली भूभागको नक्सांकन गरेको हुनसक्ने बताउँछन् । सीमा क्षेत्रमा एसएसबीले पहिलोपटक त्यसरी ड्रोन उडाउने र नक्सांकन गरेको हो । नेपाली भूभागमा भारतीय सुरक्षाकर्मीले ड्रोन उडाएको देखेपछि हेर्न जाँदा एसएसबीले नजिक नआउन चेतावनी दिएको समेत बताइएको छ । आइतबार दिउसो १२ बजेपछि उनीहरूले सिमावर्ति सुस्ता क्षेत्रमा ड्रोन उठाउने र अन्य उपकरणको प्रयोग गरेर नेपाली भूभागको नक्सांकन गरेको स्थानीयको भनाई छ ।
भारतीय एसएसबीले नेपाली भूभागमा ड्रोन उडाएको बारेमा स्थानीयले सुस्तामा रहेको प्रहरी चौकीमा खबर गरेपनि प्रहरीले उनीहरूलाई रोक्ने काम गरेको छैन । सुस्ता गाउँपालिकाको ४ र ५ वडामा सुस्ता पर्छ । सुस्तामा सुरक्षाका लागि सईको कामाण्डमा नेपाल प्रहरीको चौकी छ भने प्रहरी निरिक्षकको कमाण्डमा सशस्त्र प्रहरीको टोली छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस