२४ कात्तिक, विराटनगर । नेकपा एमाले सुनसरी जिल्ला कमिटीको बैठकमा वि,वाद भएको छ ।इनरुवामा बुधबार बसेको बैठकमा २०७५ जेठ २ अघिका रमेश बस्नेत र पछिल्लो समय अध्यक्षको जिम्मेवारी पाएका रेवतीरमण भण्डारी समूहबीच बैठकको अध्यक्षतामा कसले गर्ने भन्ने विषयमा वि वाद थियो ।
वि वाद भएपछि इटहरीका मेयर द्वारिकलाल चौधरीले आफू अध्यक्ष भएको दाबी गर्दै माइक खोसेपछि वि वाद झन् बढेको हो । रेवती र रमेश कसले बैठकको अध्यक्षता गर्ने भन्ने वि वाद भएपछि खेमराज पोखरेललाई अध्यक्षता गर्न दिने समझदारी भएको थियो ।
तर पोखरेलले बोल्ने क्रममा इटहरी उपमहानगरपालिका मेयर तथा एमाले नेता द्वारिकलाल चौधरीले माइक खोसेका हुन् । चौधरीले माइक खोसेपछि केही समय वि वाद भएको बैठकले खेमराज पोखरेलको अध्यक्षतामा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको जिल्ला समिति सदस्य रवि खनालले बताए ।
अवैधानिक कमिटी भन्दै चौधरीले माइक खोसेका थिए । चौधरीले माइक खोसेपछि कार्यकर्ताले उनको हातबाट पनि माइक खोसे । आफ्नो हातबाट माइक खोसिएपछि भने चौधरीले बैठक कक्ष छाडेका थिए ।
चौधरी निस्किएपछि बसेको बैठकले रमेश बस्नेत र रेवतीरमण भण्डारीको नेतृत्वमा रहेको कमिटीलाई समेटेर पोखरेलको अध्यक्षतामा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो । बैठकमा एमाले नेता भीम आचार्य पनि सहभागी भएका थिए ।बैठकमा वि वाद भएपछि जिल्ला इन्चार्ज धर्म निरौलाले बैठकको अध्यक्षता गरेका थिए ।onlinekhabar
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस