काठमाडौं ,०४ मंसिर । लाखौँ दर्शकको मन मुटुमा बस्न सफल गायक तथा सर्जक सुरज बुढाथोकीकाे “भाले छिर्के” गित सार्वजनिक भएको छ । गीतकार सुरज बुढाथोकीको शब्द रहेको उक्त गीतमा सङ्गित भने काजी बाबू ढकालले भरेका छन् । गायनमा सुरज बुढाथोकी लाई पार्बती कार्कीले साथ दिएकी छन । भाले छिर्के गितमा संगीत संयोजन, चर्चित यरेन्जर बिष्णु तामाङले गरेका छन ।
कुमार पुनको. मिक्सिङ्ग मास्टरिङ्ग रहेको उक्त गीत संकरा डिजिटल स्टुडियोमा रेकर्ड भएको हो । रमाइलो , कमेडि साथै सन्देश मुलक शब्दहरुले सजिएको उक्त गीतको भिडियोमा चर्चित हास्य कलाकार यादब कोटा (सरापे) सुशिला निरौला (बिम्ली) सुरज बुढाथोकी अञ्जना बजगाई लगायतको अभिनय रहेको छ । खमेश श्रेष्ठकाे निर्देशन, प्रवेश पोख्रेलकाे छायाँङ्कनमा बनेको उक्त भिडियोलाई सुरेश श्रेष्ठले सम्पादन र कलरिङ्ग गरेका छन् ।
साथै “भाले छिर्के” गितको भिडियो उत्कृष्ट बनेको र भिडियोले बजार लिन सक्ने निर्माण पक्षले जनाएको छ । गायक तथा सर्जक सुरज बुढाथोकीले उक्त गित मनोरन्जनको लागि मात्रै नभएर यसले समाजमा सकारात्मक संदेश समेत दिने छ भनी दाबि समेत गरेका छन् । साथै यसमा कुनै पनि कमि कमजोरी भएमा सल्लाह सुझाब दिन हुन् र त्यसलाई आगामी दिनमा पूर्ण रुपमा सुधार्दै लैजाने छौं भनि भगवानरुपी दर्शकहरुलाई आग्रह गरेका छन् । चर्चित हास्य कलाकार जितु नेपाल (मुन्द्रे) को अफिसियल युटुब च्यानल jitu comedy बाट भिडियो सहितको गित बजारमा आईसकेको छ । हेर्नुहोस भिडियोमा
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस