मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ खोटाङमा पनि १२ औं राष्ट्रिय जनगणना सुरु भएको छ । सुपरिवेक्षकहरु मार्फत गरिएको अक्सर बसोबास गर्ने घरपरिवार सूचिकरणका आधारमा मुख्य गणना सुरु भएको हो ।
प्राप्त खबर अनुसार जनगणना गर्न खटिएको एक महिला गणक पक्राउ परेकी छन् । सोमबार गणक विना थापा लमजुङबाट पक्राउ परेकी हुन् । धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर गणक थापालाई सिडिओ कार्यालय पुर्याएका थिए । स्थानीय, जनप्रतिनिधि र विभिन्न राजनीतिक दलहरुबीचको छलफलपछि गणक थापालाई छाडिएको जिल्ला प्रशासन कार्यालय, लमजुङ्ग सूचना अधिकारी जगदिश मिश्रले जानकारी दिए ।
गणक थापाले भुलवस गल्ति भएको स्वीकार गरेको र अब यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता गरेपछि उनलाई छाडिएको अधिकारीका मिश्रले बताए । बिहीबार दिक्तेल बजारस्थित भवन गैरामा आयोजित पत्रकार भेटभाट कार्यक्रममा १२ औं राष्ट्रिय जनगणनाका लागि जिल्लामा सम्पूणर् तयारी पूरा भएपछि आजबाट जिल्लाका दशै वटा स्थानीय तहमा जनगणनाका लागि करिब २९० जना गणक घरघरमा खटाइएको छ भने गणकहरुले घरपरिवारमा पुगेर ७० वटा प्रश्न सोध्ने जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जितबहादुर कोइरालाले बताए।
पहिलो चरणमा सुपरिवेक्षकहरुबाट गत भदौ ३० गतेदेखी असोज १८ गते सम्म जिल्लामा ७१ जना सुपरिवेक्षकले जिल्लामा रहेका घर तथा घरपरिवार सूचीकरण गर्ने कार्य सकिसकेको जनगणना अधिकारी कोइरालाले कार्यक्रममा उपस्थित सञ्चारकर्मीलाई जानकारी दिए । जिल्लामा ३९ हजारभन्दा बढी घरहरुमा ४१ हजारभन्दा बढी परिवारको बसोबास गर्ने गरेको बताइएको छ ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस