नेकपाभित्रको केपी ओली इतर समूहले माधव नेपाललाई पार्टी अध्यक्ष प्रस्ताव गरेको छ । मंगलबार कार्यकारी अध्यक्षप्रचण्डसहितको ओलीइतर समूहको स्थायी समिति बैठकले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले रातोपाटीलाई जानकारी दिए । यस्तै बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै नेपाललाई नयाँ अध्यक्ष बनाउने सहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा लगिएको छ । बैठकको निर्णयअनुसार कार्यकारी अध्यक्षको प्रावधान राखिएको छैन । सोबारे छलफल गर्न अहिले नेकपाको ओली इतर समूहको बैठक राजधानीको कार्की ब्यांकेटमा सुरु भएको छ ।
बबरमहलमा बस्ने केन्द्रीय कमिटी बैठक वैधानिक होइन : ओली समूह नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बबरमहलमा बोलाएको केन्द्रीय कमिटीको बैठकलाई अोली पक्षले बैठक नभनेर व्यक्तिगत सल्लाहका लागि भएको भेला भएको प्रतिक्रिया दिएको छ । नेकपा अोली पक्षका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रचण्डले बोलाएको बैठक आधिकारिक नभएकाे बताए । ‘त्यो आपसी व्यक्तिगत छलफलका लागि बसेको होला, आधिकारिक होइन’ उनले भने । अोली पक्षको केन्द्रीय समितिको बैठक सकेपछि पत्ररकारसँग कुरा गर्दै उनले पार्टीको विधान अनुसार महासचिवले बैठक बोलाउनुपर्ने भएकाले त्यो बैठक महासचिवले बोलाएकाे नभएकाले आधिकारिक हुन नसक्ने टिप्पणी गरे ।
बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकमा पनि प्रचण्ड नेपाल पक्षलाई बोलाएको तर उनीहरु नआएको उनले बताए । उनले भने, ‘पार्टीको अध्यक्ष र महासचिवले गर्ने निर्णय नै अधिकारीक हुन्छ ।’ पार्टी विभाजन नभएको कुरा पटक पटक दोहोराए उनले आफ्नो थैलीको मुख राम्ररी बाँधे अरुलाई दोष दिनु नपर्ने भन्दै अब पार्टी महाधिवेशनको तयारीमा लाग्ने र नयाँ नेतृत्वका साथ चुनावमा जाने प्रतिकृया दिए ।
अगामी निर्वाचनका लागि निर्वाचन आयोगले तयारी शुरु गरिसकेको बताउँदै उनले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेको कार्यलाई विरोध गर्नुको कुनै तुक नरहेको प्रतिकृया दिए ।
उनले भने, ‘कसैले सार्वजनिक खपतका लागि विरोध गरिरहेका छन् भने त्यो बेग्लै कुरा हो । तर प्रधानमन्त्री अोलीले ६४ प्रतिशत सांसदको बहुमत प्राप्त गरेर प्रधानमन्त्रीको हैसियतमा जे गुर्नभयो त्यो राम्रोका लागि गर्नुभयो । स्रोत रातोपाटी
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस