मंगलबार, पुष २० २०७८ । ने बि संघ कोटेश्वोर बहुमुखी क्याम्पसले पहिलो फुट्सल टुर्नामेण्ट आयोजना गरेको छ । स्रोतका अनुसार यहि पौष २३ गते शुक्रबार र २४ गते सनिबार गरि २ दिनमा खेल सम्पन्न हुने छ । २ दिने फुटसल टुर्नामेण्ट जडिबुटी फ़ुट्सल ग्राउण्डमा संचालन गरिने छ । उक्त फुट्सल टुर्नामेण्टमा जो सुकै टिमले पनि सहभागिता जनाउन सक्ने छ । स्रोतका अनुसार प्रथम स्थान हासिल गर्ने टिमले रु ४०,००० तथा मेडल र प्रमाण पत्र पाउने भएको छ भने दितिय हुने टिमले रु २०,००० तथा मेडल र प्रमाण पत्र आदि प्राप्त गर्ने छन् । उक्त फुट्सल टुर्नामेण्टमा सहभागिता जनाउनको लागि रु ३९९९/- प्रति टिम इन्ट्री फी लाग्ने कुरा पनि समाचारदाताले जनाएका छन् । उक्त फुट्सल टुर्नामेण्टका सल्लाहकार युवाहरुका ढुकढुकी समाजसेबी छेत्रीय प्रतिनिधि उमेश गुरुङ रहेका छन् । टुर्नामेण्टका स्पोंसर्का रुपमा बोसिदो मुयाँथाई भाट्भटेनि कोटेश्वर, होटेल ओल्ड दरबार कोटेश्वोर, बर्गर हाउस जडिबुटी, ROC Café जडिबुटी, हेल्लो बर्गर महादेवस्थान, 007 लन्च जडिबुटी रहेको कुरा ने बि संघ कोटेश्वोर बहुमुखी क्याम्पस सभापति संजय बुढाथोकीले जनाएका छन् । साथै अनलाइन दर्ता खुलिसकेको कुरा पनि जानकारी गराएका छन् । थप जानकारीको लागि सम्पर्क फोन नम्बर : 9851032439 / 9828722447 मा सम्पर्क गर्नुहोस ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस