आइतबार पुष २५ , २०७८ । ने बि संघ कोटेश्वोर बहुमुखी क्याम्पसले पहिलो फुट्सल टुर्नामेण्ट आयोजना गरेको थियो । यहि पौष २३ गते शुक्रबार र २४ गते सनिबार गरि २ दिनमा खेल समापन गरिएको छ । उक्त फुट्सल टुर्नामेण्टको ट्रफि शंकर देब क्याम्पसले एन सी सी क्याम्पसलाइ १-० ले पराजित गर्दै उचालेको छ भने एन सी सी क्याम्पस फर्स्ट रनर अप बन्न सफल भएको छ । बिजेता बने संगै शंकर देब क्याम्पसले प्रथम पुरस्कार हात पार्न सफल भएको छ । जसमा रु ४०,००० हजारको धनराशी,ट्रफि,मेडल र प्रमाण पत्र रहेको छ । साथै दितिय स्थान हासिल गर्न सफल एन सी सी क्याम्पसले रु २०,००० हजारको धनराशी, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
उत्कृस्ट खेलाडीका रुपमा एन सी सी क्याम्पसका खेलाडी महेन्द्र खड्का पर्न सफल भएका छन् । उत्कृस्ट खेलाडी बन्न सफल भए लगत्तै खेलाडी महेन्द्र खड्काले पुरस्कार पाएका छन् । साथै सर्बाधिक गोल गर्न सफल खेलाडीका रुपमा एन सी सी क्याम्पसका खेलाडी अनिल खड्का रहेका छन् । उनले पनि जित हासिल गरे लगत्तै पुरस्कार पाएका छन् । एन सी सी क्याम्पसका खेलाडी अनिल खड्काले १५ गोल गरि सर्बाधिक गोल गर्ने खेलाडिका रुपमा आफ्नो पहिचान बनाएका हुन् । यसका साथै उत्कृस्ट गोल किपरका रुपमा शंकर देब क्याम्पसका खेलाडी बिराट राई बन्न सफल भएका छन् । खेल अबधिभर सर्बाधिक गोल गर्न सफल एन सी सी क्याम्पस रहेको छ । २ दिने ने बि संघ कोटेश्वोर बहुमुखी क्याम्पसले आयोजना गरेको पहिलो फुट्सल टुर्नामेण्टमा जम्मा ३२ टिमले सहभागिता जनाएको कुरा ने बि संघ कोटेश्वोर बहुमुखी क्याम्पसका सभापती संजय बुढाथोकीले जनाएका छन् । साथै मिडियाकर्मि, प्रहरी प्रशाशन, प्रमुख अतिथि,सल्लाहकार, फाइनान्सियल पार्टनर, स्पोन्सर,मेडिकल पार्टनर, फुट्सल पार्टनर, तथा २ दिने खेलमा सहभागी जनाई उक्त खेललाई प्रतक्ष्य-अप्रतक्ष्य रुपमा सहयोग गर्नुहुने सम्पूर्णलाइ मायाको चिनो तथा स-सम्मान प्रमाण पत्र दिएका छन् ।
साथै ने बि संघ कोटेश्वोर बहुमुखी क्याम्पसले गरेको पहिलो फुट्सल टुर्नामेण्टको समापन समारोहका लागि प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेश बागमती प्रदेशका प्रमुख सचेतक तथा रास्ट्रिय पारालिम्पिक कमिटिका अधक्ष्य राधा घले, लोकतान्त्रिक खेलकुद संस्था बागमती प्रदेशका उपाधक्ष्य उमेश गुरुङ्ग , ने बि संघ कोटेश्वोर बहुमुखी क्याम्पसका सभापती संजय बुढाथोकीको मुख्य उपस्थिति रहेको थियो भने बिभिन्न संघ संस्था फाइनान्सियल पार्टनर तथा खेलकुद प्रेमी ब्यक्तित्वोहरुको उपस्तिथी रहेको थियो । समापन समारोह सास्कृतिक कार्यक्रमका साथ् भब्यरुपमा मनाएको कुरा हाम्रा समाचारदाताले जनाएका छन् । हेरौं आजका केहि तस्बिरहरु………
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस