नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता माधव कुमार नेपालले अहिले देखिएको विवाद पदका लागि नभएको दावी गरेका छन् ।‘पदको हानाथाप होइन, कस्तो पार्टी बनाउने भन्ने विवाद हो,’ उनले मंगलबार आयोजित समानान्तर केन्द्रीय समिति बैठकमा भने, ‘नियम र अनुशासनमा बस्नुपर्छ भन्ने कुरालाई उहाँ केपी ओली ले घेराबन्दी भन्न थाल्नुभयो।सरकारका दैनिक काम कारवाहीमा आफूहरुले हस्तक्षेप नगरेको र गर्नु हुँदैन भन्नेमा जानकार रहेको उनले बताए ।
तर नियुक्तिहरु पार्टीका नीतिगत कुराहरु लागू गर्ने सवालमा पार्टीको निर्देशनलाई सरकारलाई मान्नुपर्ने उनको भनाइ थियो । उनले भने स्थायी कमिटी बैठकमा गरिएको निर्णयलाई पालना गर्नुभएन ।मंगलबार दिउँसो बबरमहलस्थित एक पार्टी प्यालेसमा बसेको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा बोल्दै नेपालले पार्टीमा सबैभन्दा ठूलो केन्द्रीय कमिटी भएको बताए।
केन्द्रीय कमिटी सबैभन्दा ठूलो हो। त्योभन्दा माथि कोही हुनेवाला छैन,’ नेपालले भने,‘बालुवाटारको गुट भेला हो पार्टी केन्द्रीय कमिटी बैठक होइन।’प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीले ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस