२ चैत, काठमाडौं । आज भोली मात्रै हैन हरेक दिन नेपालमा बलात्कारका घटनाहरु घटिरहेका छन् । यहि घटनाहरुलाई जरैदेखि फाल्नको लागि बलात्कारीलाई फासिको सजाय हुनै पर्ने भनेर बिद्यार्थी नेताहरु मात्रै हैनन सारा जनताहरु आक्रोशित भएका छन् । बलात्कारको मात्रै हैन हरेक किसिमका बिकृति,विसंगतिका प्रसंग लाइ लिएर सदैब रास्ट्र तथा जनताको निम्ति सकारात्मक कदम चाल्ने संगठन हो नेपाल बिद्यार्थी संघ । तर अस्ति मात्रै घटेको १८ महिनाको बालिका माथिको बलात्कारको घटना सुन्दा अतिनै असहाय भएर आज ने.बि संघ कोटेश्वोर क्याम्पसका सभापति संजय बुढाथोकी र प्लस टु इकाई उप-सभापति आदर्श यादब को नेत्रित्वोमा एक बिरोध प्रदर्शन निकालेका छन् । १८ महिनाको बालिका माथिको बलात्कारको घटना यस प्रकार छ :
गाँजामा नशामा परेका दुईजना युवाले मोरङको सुन्दरहरैंचा–७ मा १८ महिनाकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बेलबारी–८ स्थित आफ्नै घरमा खेल्दै गरेकी बालिकालाई उठाएर १५० मिटर उत्तर–पश्चिममा पर्ने सुन्दरहरैंचा–७ स्थित गणेशपुरमा लगि बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङले सुन्दरहरैंचा–७ का २५ वर्षीय अजय चौधरी र २९ वर्षीय मिथुन चौधरीलाई घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरि आइतबार सार्वजानिक गरेको छ । पत्रकार सम्मेलनमा मोरङ प्रहरीका उपरीक्षक जनार्दन जिसीले घटनामा संलग्नले गाँजाको नशामा लठ्भएपछि बालिकालाई उठाएर झाडीमा ल्याउने योजना बनाएको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।
घटनामा संलग्न अजय गछिया खोलमा बालुवा चालिरहेको अवस्थामा उनकै दाई मिथुनसँग भेटघाटसँगै केरा बगानमा गएर गाँजा खाएका रहेछन्, प्रहरी उपरीक्षक जिसीले भन्नुभयो–त्यसपछि अजय चौधरीले सधैं एक्लै देख्ने बालिकालाई घरमा गएर ल्याउने योजना बनाएको देखियो । आफ्ना दाजुलाई त्यसो भनेर हिडेका अजयले बालिकालाई घरबाटै टिपेर ल्याई सुरुमा करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । त्यसपछि बालिका रुन थालेसँगै बियरको बोतल र ढुंगाले टाउको हानेपछि अर्का मिथुनले पनि करणी गरेछन्, प्रहरी उपरीक्षक जिसीले भन्नुभयो–त्यसपछि उनीहरु त्यहाँबाट हिडेका रहेछन् ।
प्रहरीका अनुसार गत २७ गते बेलुका ५ः३० बजे १८ महिनाकी बालिका घरबाटै हराएकी थिइन् । त्यसको एकघण्टापछि गणेशपुरको वनमारा र बयरको झाडीमा फेला पारिएको थियो । टाउकोेमा चोट, योनीमा केहि रगत जस्तो देखिने र सुरुवाल खुल्लै रहेको अवस्थामा फेला परेपछि स्थानीय गछिया अस्पताल हुँदै नोबेल मेडिकल कलेज विराटनगरमा भर्ना गरिएको थियो । तर, बालिकालाई २८ गते दिउँसो १२ः३६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनास्थलबाट रगत लागेको ढुंगा दुईवटा, बियरको बोतल एकथान र पीडितको सुरुवाल बरामद गरेको छ । प्रहरी उपरीक्षक जिसीले मुलुकी अपराध संहिता २०७४ अनुसार जन्मकैदको सजाय हुने बताउनुभयो । भिडियोमा हेर्नुहोस
ने बि संघ कोटेश्वोर क्याम्पसले गरेको बिरोध प्रदर्शनका केहि दृश्यहरु
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस