धनगढी / अछाम : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर ‘विनोद शाही हत्याकाण्ड’मा संलग्न भएको आरोपमा सोही नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छन्। १७ वर्षका विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भीरमा मृत फेला परेका थिए।चुनावदेखि झगडा, पछि हत्या :
चुनावदेखि झगडा, पछि हत्या :
उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउने, वडा–४ का निवर्तमान वडाध्यक्ष सज्जन शाही, जिल्ला समन्वय समितिकी उपसंयोजक दानमति शाही, सोही गाउँका शिक्षक तथा मेयरमा नजिक मानिएका नेत्रबहादुर शाही, उनकी श्रीमती द्रोपती शाहीविरुद्ध किटानी जाहेरी दिएका थिए।
त्यस्तै, वडा–४ का कर्णबहादुर शाही, उनका छोरा राम शाही र बुहारी शान्ति शाही, छोराहरू महेन्द्र शाही र वीरेन्द्र शाही, वडा–४ कै पृथ्वी शाही र उनका भाइ अक्कल शाहीसहित १३ जनाविरुद्ध मृतकका दाजु डम्बर शाहीले किटानी दिएका थिए। तर, प्रहरीले किटानी दर्ता गर्न नमानेपछि उनीहरूले हुलाकबाट जाहेरी दिएका हुन्। प्रहरीले अहिलेसम्म मेयर चलाउनेसहित ७ जनालाई पक्राउ गरेको जनाए पनि उनीहरूको नाम भने खुलाएको छैन।
‘अहिले अनुसन्धान जारी छ। अन्तिम चरणमा छौं। नाम भन्न मिल्दैन,’ अनुसन्धान अधिकृत तोकिएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश विष्टले भने। घटनाको सुरुआत वैशाख ३० गतेको स्थानीय निर्वाचनदेखि भएको हो। मेयरमा निर्वाचित चलाउने नेपाली कांग्रेसकी उम्मेदवार थिइन्। वैशाख ३० गते नेकपा एमाले समर्थक र चलाउने (कांग्रेस) समर्थकबीच झडप भयो। झडपमा कांग्रेस कार्यकर्ताहरूले एमालेका कार्यकर्तालाई कुटे। यसैबीच निर्वाचन सम्पन्न भयो। चलाउनेले मेयर पनि जितिन्। तर, उक्त घटना भने मत्थर भएन।
जेठको १७ गते फेरि वडा–४ मा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भयो। त्यसदिन एमालेका कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्तालाई कुटे। मेयर चलाउनेले आफ्ना कार्यकर्तालाई कुटेको भन्दै प्रहरीलाई गाउँमै पसेर उनीहरूलाई पक्राउ गर्न निर्देशन दिइन्। त्यतिबेला जिल्ला प्रहरी कार्यालय अछामका प्रमुखमा डीएसपी रविराम थपलिया थिए। थपलिया मेयर चलाउनेका निकट थिए भन्ने पीडितको आरोप छ।
‘चलाउनेले जितेपछि डीएसपी थपलियाले पार्टीसमेत दिएका थिए। सामाजिक सञ्जालमा राखिएका तस्बिरले पनि डीएसपी मेयरमा निकट भएको देखाउँछ,’ स्थानीय बखत शाहीले भने, ‘सत्ताको दुरुपयोग गर्दै जेठ १८ गते राति थपलियाको नेतृत्वमा प्रहरी गाउँ पसे। उनीहरूले स्थानीयलाई धरपकड गरे। विनोद पनि त्यहीबेला हराएको हो।’
घटनामा १३ जना आरोपित
मेयरसहित ७ जना पक्राउ
प्रहरीले जाहेरी दर्ता गर्न
नमानेपछि हुलाकबाट पठाइएको थियो किटानी जाहेरी
अन्नपूर्ण पोस्ट बाट
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस