काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले अवकाश प्राप्त नासु रघुनाथ घिमिरेलाई बोलाएर राजस्व, कर र भन्सारका दर मिलान गरेको प्रकरण बाहिरिएपछि उनको चौतर्फी आलोचना भइरहेको छ। बजेट भाषणको अघिल्लो राति जेठ १४ गते अर्थमन्त्री शर्माले विज्ञका रूपमा पूर्वनासु घिमिरे र एक सीएलाई राखेर करका दरहरु हेरफेर गरेको समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा जेठ ३० गते प्रकाशित भएपछि अर्थमन्त्री शर्माको चर्को आलोचना भइरहेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै संसद् नै अवरुद्ध गरेको थियो। अर्थमन्त्रीले ल्याएका सीए ‘भारतीय नागरिक’ भएको समेत दाबी गरिएको छ।
नेकपा एमालेले लगातार अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै आएको छ भने सत्तारुढ दलकै नेताहरुले पनि अर्थमन्त्री शर्माको राजीनामा माग गरिरहेका छन्। तर, अर्थमन्त्री शर्माले आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन्। प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कायर्क्रममा ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा उनले त्यो समाचारमा कुनै सत्यता नभएको र एक काल्पनिक कथामात्रै भएको दाबी गरेका छन्।
शर्माले भनेका छन्, ‘जुन करका दरमा बाह्य व्यक्तिलाई प्रयोग गरियो भनिएको छ। त्यो सरासर झुटा हो। कर्मचारीबाहेक कसैलाई पनि बोलाइएको छैन। किन बोलाउनुपर्यो उहाँहरुलाई? म साढे १२ बजे गएर सुतेको छु। मैले १२:३० बजे मान्छे कसरी ल्याउँछु? बजेट लोकप्रिय भएपछि बदनाम गर्नका लागि कथा बनाएर यो षड्यन्त्र गरिएको हो।’
उनले नाम लिइएका भनिएका व्यक्तिहरुसँग आफ्नो कुनै चिनजान र साइनो नभएको समेत दाबी गरेका छन्। ‘रघुनाथ घिमिरेलाई म चिन्दिनँ। सीए पनि आएको छैन। त्यहाँ भनिएका व्यक्तिहरुसँग कुनै व्यक्तिगत सम्बन्ध छैन। समाचार त बनाइदिए बन्छ होला नि कथा पनि बन्छन्,’ उनले भनेका छन्, ‘सचिवहरुसँग डीजीहरुसँग लिनु न अन्तर्वार्ता। तोकिएका व्यक्तिहरु सचिव र डीजीहरुबाहेक अरु कोही पनि आएको छैन। प्राविधिक टिमलाई लगाउने कुरा त उहाँहरुको कुरा हो।’प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सचेतक विशाल भट्टराईले सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने र संसदीय समिति बनाउनुपर्ने माग राखेका थिए। सत्तारुढ गठबन्धनले पनि सीसीटीभी फुटेजहरु हेरेर नै निष्कर्षमा पुग्ने सहमति गरेको थियो। अर्थमन्त्री शर्माकै पार्टी नेकपा माओवादी केन्द्रमा पनि अर्थमन्त्रीमाथि छानबिन गरिनुपर्ने विषयमा छलफल भएको थियो।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस