रामेछाप : रामेछापको बेथानबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। मंगलबार बिहान बा ३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका-१ लुभुघाट नजिकै दुर्घटना भएको डीएसपी राजकुमार थिङले जानकारी दिए। उनका अनुसार ४ जना महिला र ५ जना पुरुषको मृत्यु भएको हो। उनीहरुको पहिचान खुल्न बाँकी रहेको छ।दुर्घटनामा घाइते भएकामध्ये २४ जनालाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ। प्रहरी टोलीले उद्धार कार्य जारी राखेको उनले बताए।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस