दार्चुला, २२ असार:
तुइन तर्ने क्रममा खस्दा महाकाली नदीमा एक जना बेपत्ता भएका छन् । दार्चुलाको ब्यास गाउँपालिका(२ दुम्लिङस्थित गोठाल घाटमा बुधबार तुइन तर्ने क्रममा सोही वडाका १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन् ।
तर्ने क्रममा तुइन चुँडिएपछि बुढाथोकी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सल्यानमा अरिङगालले टोकेर ७ वर्षीय देवदर्शनको मृत्यु, गएका थिए खेतमा बाख्रा चराउन; सल्यानमा अरिङगालले टोकेर एक बालकको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका(४ बस्ने ललित रानाका ७ वर्षीय छोरा देवदर्शनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो बाख्रा चराउन घर नजिकै खेतबारीमा गएको बेला रानालाई अरिङगालले टोकेको थियो । रानाको सुर्खेतको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बालक रानालाई धेरै वटा अरिङगालले एकै पटक टोकेका थिए ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस