नेपाल क्यानडासँगको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा पराजित भएको छ। क्यानडाको किङ सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो। क्यानडाले नेपाललाई जितका लागि १८९ रनको लक्ष्य दिएको थियो। नेपाल ३९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटियो।
नेपालका लागि देव खनालले सर्वाधिक २६ रनको योगदान दिए भने पवन सर्राफले १४ रन जोडे। यसैगरी विनोद भण्डारी, बसिर अहमेद र आदील आलमले समान १३ रन जोडे। कप्तान सन्दीप लामिछानेले ११, रोहित पौडेलले ६, करण केसीले ५ तथा कुशल भुर्तेलले १ रन जाडे भने दपेन्द्रसिंह ऐरी र आरिफ शेख खाता नखोल्दै पभेलियन फर्किए।बलिङतर्फ क्यानडाका अमर खालीद, सलमान नजर, रोमेल साहजाद, साद बिन जफर र हर्ष थाकेरले समान २-२ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर १८८ रनको योगफल बनाएको थियो। क्यानडाका लागि श्रेयस मोभाले ५० रनको अर्धशतकीय पारी खेले भने आरोन जोनसनले ४४ तथा अमर खालीदले अविजित ३० रन बनाए। यसैगरी उदयवीर सिंहले १६ तथा अखिल कुमारले १२ रन जोडे।
अननपूर्णपोस्ट बाट
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस