काठमाडौं, २३ असार :
साझा यातायातले आजबाट राजधानीमा विद्युतिय बस सञ्चालनमा ल्याएको छ । सुरुवाती परिक्षणको रुपमा तीन वटा बस आजबाट सञ्चालनमा ल्याइएको हो ।
थप ३७ थान विद्युतिय बस आगामी साउन मसान्तसम्म भित्रिने आज एक विज्ञप्ति जारी गर्दै साझा यातायातले जनाएको छ ।
साझाको विद्युतिय बसको ‘सफ्ट लन्च’ आज साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाबाट गरिएको थियो ।
‘नेपाल सरकारले २०७६ असार ३१ मा विद्युतिय परिवहन प्रवर्दन गर्न साझा यातायात सहकारी संस्था लि.मा ३ अर्ब रुपैयाँ लगानि गर्नाले यस संस्थालाई विद्युतिय बसको ‘फ्लिट’ निर्माण गर्न सम्भव भएको हो,’ साझाले विज्ञप्तिमा भनेको छ ।
व्याट्रिबाट चल्ने बस प्रविधि नयाँ भएकोले साझा यातायातले विभिन्न चरणमा विद्युतिय सवारी भित्राउने योजना बनाएको छ ।
पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरि ८.५ मिटर लम्बाईको ४० बस खरिद गरिएका छन् जुन चिनको नानजिङ्ग सहर स्थित सिएचटिसि’ कम्पनीको उत्पादन हुन् ।
दोश्रो चरणमा १०–१२ मिटर लम्बाईको विद्युतिय शहरी बस तथा लामो दुरीको विद्युतिय बस खरिदको प्रक्रिया अगाडि बढिसकेको छ ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस