रोज अमेरिकाको टेक्सास राज्यको एउटा सानो सहरमा हुर्किएकी थिइन् । १३ वर्षको उमेरदेखि नै चुरोट पिउन थालिन् ।
आमाले असाध्यै कडा भएर चुरोट नखाउ भनेर गाली गरेको रोज सम्झिन्थिन् । तर लत लागिसकेको थियो, छोड्न गाह्रो थियो । उनले बुबाको चुरोट चोर्थिन्, विद्यालयमा खाजाको लागि पाएको पैसा यसैमा खर्च गर्ने गर्थिन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
त्यसपछिका ४५ वर्षसम्म उनले हरेक दिन करिब दुई प्याकेट चुरोट खाइन् । त्यसपछि एक दिन उनको खुट्टामा समस्या देखियो । यो धुम्रपानसँग सम्बन्धित समस्या भएको र धुम्रपान नछोडे खुट्टाुसमेत काट्नुपर्ने चेतावनी डाक्टरले उनलाई दिए ।
उनले चुरोट छोडिन् तर डाक्टरहरुले उनलाई फोक्सोको क्यान्सरसमेत भइसकेको थाहा पाए । उनले केमोथेरापी लिनुपर्ने भयो । त्यसपछि शल्यक्रिया भयो । त्यसपछि उनको मस्तिष्कमा दुईवटा ट्युमर पनि भेटियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
धेरै मानिसहरू आफूलाई क्यान्सर हुनै नसक्ने सोच्छन् । क्यान्सरसँग लडिरहेकी रोजले मानिसहरुले आफूलाई हेरुन् भन्ने सल्लाह दिन्थिन् ।
त्यसपछि एक दिन रोजको मृत्यु भयो । त्यतिबेला उनी ६० वर्षकी थिइन् ।धुम्रपान गर्नेहरूले पनि यस्ता धेरै डरलाग्दा कहानीहरु सुन्छन् । उनीहरू धुम्रपानका सबै खतराबारे पनि जानकार छन् । धुम्रपान रोक्नका लागि सरकार र संस्थाहरूले सचेतना अभियान पनि चलाउँछन् तर त्यसका बाबजुद विश्वभर करिब एक अर्ब मानिस धुम्रपान गर्छन् ।
धुम्रपानका कारण हरेक वर्ष करिब ६० लाख मानिसले ज्यान गुमाउने गरेका छन् । सन् २०३० सम्ममा धुम्रपानका कारण वार्षिक ८० लाख मानिसको मृत्यु हुने अनुमान गरिएको छ । अझै पनि मानिसहरू धुम्रपान छोड्न सकिरहेका छैनन् ।
तर किन ? आखिर किन मानिसहरू चुरोट छोड्न सक्दैनन् भन्ने प्रश्नको जवाफ पाउन बीबीसीले चारजना विज्ञहरूसँग कुराकानी गरेको छ ।धुम्रपानको लत
स्वास्थ्य मनोवैज्ञानिक प्रोफेसर रोबर्ट वेस्ट भन्छन्, ‘म धुम्रपानको कडा विरोधी थिएँ, तर एक दिन मैले पनि धुम्रपान गर्न थालेँ ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
प्रोफेसर रोबर्टले ‘द स्मोक फ्री फर्मुला’ नामक पुस्तक लेखेका छन् । उनी भन्छन्, ‘मैले आफ्नी एक प्रेमिकाको आग्रहमा चुरोट छोडेँ ।’
प्रेमिकासँगको सम्बन्ध ३० वर्षपछि टुट्यो तर मानिसले आखिर किन धुम्रपान गर्छन् भन्ने उनको उत्सुकताको जवाफ खोज्न भने उनले जारी राखे ।
उनका अनुसार यसको जवाफ सुर्तीको पातमा पाइने निकोटिनमा हुन्छ । यो रसायन चुरोट सल्काउने बित्तिकै बाहिर निस्कन्छ ।
प्रोफेसर रोबर्ट भन्छन्, ‘जब तपाईले चुरोटको धुवाँलाई भित्र तान्नुहुन्छ तब निकोटिन फोक्सोको छेउमा छिट्टै अवशोषित हुन्छ र केहि सेकेन्डमा यो सीधै मस्तिष्कमा पुग्छ । त्यहाँ यसले स्नायु कोशिकाहरूसँग अन्तरक्रिया गर्दछ । यसको प्रभावले डोपामाइन नामको रसाइन बाहिर निस्कन्छ ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
र यसले दिमागलाई यो संकेत दिन्छ कि केही राम्रो गरेका कारण तपाईंले ‘इनाम’ पाउँदै हुनुहुन्छ । रोबर्ट थप्छन्, ‘तपाईंलाई यसबारे थाहा नहोला तर दिमागले तपाईंलाई यस्तो काम पुनः गर्नका लागि प्रेरित गरिरहेको हुन्छ ।’
उनी भन्छन्, ‘यसलाई यसरी पनि बुझ्न सकिन्छ । तपाईंले पहिलो पटक जुन ठाउँमा चुरोट सल्काउनुभएको छ, उदाहरणका लागि अफिस बाहिर, चिया पसलमा वा कुनै बारमा । यदि तपाईं त्यहाँ पुनः जानुहुन्छ भने दिमागलाई लाग्छ कि उसले त्यहि ‘खास कुरा’ पाउँदैछ ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस