काठमाडौं :
र्याप गायक यमबुद्धको सालिक निर्माण गर्न काठमाडौं महानगरपालिकाले बजेट छुट्याएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्यापर यमबुद्धको सालिक निर्माण गर्ने गरी १५ लाख रुपैयाँ छुट्याएको हो ।
महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिका पुर्याएको योगदानको कदर गर्दै यमुद्धको सालिक निर्माण गर्न लागिएको हो ।मेयर बालेका स्वकीय सचिव भुपदेव शाह र्यापर यमबुद्धले ‘नेपहप’लाई विश्वमाझ परिरिचत गराएर दिएको योगदानको कदर गर्दै यस्तो निर्णय गरिएको बताउँछन् ।
यमबुद्धलाई नेपाली युवापुस्ताका धेरै र्यापरले आफ्नो आइडल मान्ने रधेरै श्रोताले यमबुद्धलाई सम्मान स्वरुप सालिक बनाउने निर्णय गरेको हो ।’ यमबुद्धलाई नेपाली श्रोताले सम्झिरहने गरी सालिक स्थापना गरिने बताए पनि सालिक कहाँ स्थापना गर्ने भन्ने तय भने भइनसकेको बताइएको छ ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस