काठमाडौं :
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे पदमा रहेकै बेला नेपाल आउन इच्छुक रहेको तर समय र आवश्यक प्रबन्ध मिल्न नसक्दा उनको भ्रमण हुन नसकेको जापानका लागि नेपालकी निवर्तमान राजदूतले बताएकी छन्।
केही महिनाअघि मात्र आफ्नो कार्यकाल सकिएर नेपाल फर्किएकी जापानका लागि निवर्तमान नेपाली राजदूत प्रतिभा राणाका अनुसार आबेको नेपाल र नेपालीप्रति विशेष लगाव थियो।
उनले आबेले सन् २०१९ मा राष्ट्रपति विद्यादेवी भण्डारीको जापान भ्रमणका मौकामा देखाएको व्यवहारले त्यसलाई पुष्टि गर्ने बताइन्। राष्ट्रपति विद्यादेवी भण्डारी सन् २०१९ मा जापानका सम्राटको राजगद्दी आरोहण समारोहमा सहभागी हुन गएकी थिइन्। उनी नै आबेलाई भेट्ने सबैभन्दा उच्च पदमा रहेको अन्तिम नेपाली हुन्।
जापान बस्ने नेपालीहरूले पनि आबेको निधनले आफूहरूलाई निकै बेचैन बनाएको र पीडा अनुभव भएको बताएका छन्। गैर आवासीय सङ्घ जापानका अध्यक्ष शिवप्रसाद पौडेल भन्छन्, यहाँ जापानी र आप्रवासी प्रत्येक मानिसका मनमा अहिले डर पैदा भएको छ।
जापानीहरू निकै सोच विचार गरेर बोल्ने भएकाले हामी नेपाली जस्तो फ्याट्ट कुराहरू अभिव्यक्त गरिहाल्दैनन् तर सबैको मनमा एकखाले त्रास छ। उनी जापानलाई सुरक्षित देश मानिने र पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरू समेत व्यक्तिगत रूपमा सुरक्षा नलिइकन हिड्ने गरेको बताउँछन्।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस