काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले र्याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने घोषणा गरेका छन् ।
उनले शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन्। उनले लेखेका छन्, ‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु, तपाईँहरूको दिन शुभ रहोस् ।’
यमबुद्धको सालिक कुन स्थानमा निर्माण गर्ने भन्ने अझै तय भइसकेको छैन । नेपाली र्याप गीतमा खुबै चर्चा कमाएका यमबुद्ध पत्नीसहित लण्डनमा बस्दै आएका थिए । वि.सं. २०७३ साल माघमा उनी लण्डनको साउथह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
यसअघि काठमाडौं महानगरपालिकाले र्यापर गायक यमबुद्ध (अनिल अधिकारी) को सालिक निर्माण गर्ने भनिएको थियो । महानगरपालिकाले संशोधनसहित पारित भएको आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्यापर यमबुद्धको सालिक निर्माण गर्नका लागि बजेट विनियोजन गरेको हो ।
महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार यमबुद्धले ‘हिपहप र नेपहप जानरा’मा पुर्याएको योगदानको कदर गर्दै सालिक निर्माण गर्न लागिएको भनिएको थियो ।
काठमाडौं महानगरपालिकाको ११ औं नगरसभाको छैठौं बैठकले अघि सारेको आर्थिक वर्ष २०७९/८० को बजेटमा शालिक निर्माणको लागि बजेट बिनियोजन गरिएको थियो ।
आर्थिक वर्ष २०७९/ ८० को लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट अघि सारेको महानगरले यम बुद्दको शालिक निर्माणका लागि भनेर १५ लाख रुपैयाँ छुट्टाएको छ ।
गत असार १० गते पेश भएको उक्त बजेट तीन चरणको छलफल पश्चात शुक्रबार सर्वसम्मत पास भएको हो । यसअघि उनले यम बुद्धको सालिक बनाउने घोषणा गरेसँगै चौतर्फी आलोचना भएको थियो ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस