hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sat, 03, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  समाचार

बहिनी बस चलाउने, दिदी भाडा उठाउने : छोराछोरी गाडी नचलाउन भन्छन्, दिदी बहिनी मान्दैनन्

बहिनी बस चलाउने, दिदी भाडा उठाउने : छोराछोरी गाडी नचलाउन भन्छन्, दिदी बहिनी मान्दैनन्
July 10, 2022 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

बुटवल, २६ असार:

त्यति ठूलो गाडी कसरी चलाउँदा हुन् ? कसरी रोक्न सकिन्छ होला ? सानो छँदा यस्तै कौतूहल राख्थिन् कपिलवस्तुकी निमा सारु । उनको सपना थियो–साँच्चै ठूलो भएपछि गाडी कुदाउने ।

सीप भए जुनसुकै पेसाबाट सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छन् । अनि उनलाई सहचालक बनेर सघाइरहेकी छन् सहोदर दिदी शान्ता मल्लले । बुटवल–कृष्णनगर रुटमा सार्वजनिक बस चलाउने निमा आफू सबैका लागि उदाहरण बनेको बताउँछिन् ।

हरेक दिन बुटवलको अस्पताल लाइन र पुरानो बसपार्कमा लु१ज २८१२ नम्बरको सारू ट्राभल्स गाडी रोकेर निमा र शान्ता यात्रु खोजिरहेका भेटिन्छन् । निमा गाडीको चालक सिटबाट यात्रुतर्फ आँखा डुलाउँछिन् भने शान्ताले यात्रुहरू”लाई आग्रह र अनुरोध गर्दै आफ्नो बसतिर तान्ने प्रयास गरिरहेकी हुन्छिन् । वरिपरि हेर्ने मान्छेहरू भने अचम्म मानिरहेका हुन्छन् ।

निमा र शान्ता सहोदर दिदीबहिनी हुन् । कपिलवस्तु वाणंगगा नगरपालिका–८ का यी दिदीबहिनीले यात्रुलाई सेवा दिन थालेको आठ वर्ष बित्यो । ‘गाडीका ‘स्टाफ’ हुन् भन्ने थाहा नपाएर होला कहाँ जाने हो भनेर सोध्दा यात्रुले किन भनेर समेत भन्छन्,’ निमा भन्छिन्, ‘सुरुसुरुमा कोही त महिला चालक र सहचालक देखेपछि सिटमा बसिसकेका यात्रु पनि झर्ने गरे तर अहिले चिनेका मानिस खोजिखोजी हाम्रै गाडीमा आउँछन् ।’

प्रायः पुरुषले गर्ने काम चालक र सहचालकमा महिलालाई देख्दा मानिसहरू छक्क पर्नु स्वाभाविक नै मान्छिन् निमा । निमाले बसको ‘स्टेरिङ’ घुमाएको यात्रु हेरिरहन्छन् ।

२०५३ सालमा तत्कालीन प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण भएपछि घर परिवारले वाणगंगाका धनबहादुर सारूसँग निमाको विवाह गरिदिए । १६ वर्षको उमेरमै बिहेपछि केही वर्ष बालबच्चा हुर्काउँदैमा उनको समय बित्यो । त्यसपछि उनले गाउँको एउटा सहकारीमा कार्यालयको ‘क्यासियर’ का रूपमा काम गर्न थालिन् । त्यसका लागि उनले स्कुटर चढेर जानुपर्ने भयो ।

स्कुटर लाइसेन्स अनिवार्य भयो उनलाई । २०७० सालमा लाइसेन्स निकालिन् । गाडी चलाउने सपना त मनमा छँदै थियो । २०७१ सालमा बुटवलको एक इन्स्टिच्युटबाट गाडीको लाइसेन्सका लागि आवेदन फाराम खुलेको थाहा पाइन् । सवारीचालक अनुमति पत्र (लाइसेन्स) को आवेदन दिएपछि गाडी चलाउन सिक्न थालिन् । लाइसेन्स ट्रायल परीक्षा पास गरेपछि पहिलो पटकमै गाडीको लाइसेन्स निस्कियो । त्यसपछि गाडी हाँक्ने उनको हौसला बढ्दै गयो ।

उनले पति धनबहादुरलाई भनिन्, ‘अब मैले गाडी चलाउन गाडी किन्नुपर्‍यो ।’ पतिले सहजै स्वीकार गरे । २०७२ वैशाखमा गाडी (विङ्गर) किनियो । सुरुमा घरबाट राजमार्गसम्म गाडी लगिन् उनले । तर राजमार्गमा चलाउन डराइन् । चालक जागृत श्रेष्ठलाई राखेर आफू सहचालक भइन् । चालकको पूर्ण विश्वास नहुने, घर गए आउने ठेगान नहुने हुँदा उनलाई हैरानी पनि भयो । चालकलाई तलब दिनुभन्दा आफूले गाडी चलाउने र दिदीलाई सहचालक बनाएर अगाडि बढ्न थालिन् । त्यसपछि सुरु भएको हो दिदीबहिनीको गाडी यात्रा ।पतिको साथ र समर्थनले नै आफू बस चालक बन्न सफल भएको निमा बताउँछिन् । ‘मेरो श्रीमानले प्रोत्साहन र समय दुवै दिनुभयो । गाडी किनिदिनुभयो । त्यसैले म आज सार्वजनिक गाडीको चालक हुन सफल भएँ,’ निमाले भनिन् । निमाका पति धनबहादुर बिजुलीका काम गर्छन् ।

दिदीबहिनी बिहानदेखि रातिसम्म सडकमै हुन्छन् । साँझ ८–९ बजेसम्म उनीहरू सडकमै हुन्छन् । दैनिक निश्चित रुटमा कम्तीमा तीन ट्रिप चलाउनुपर्छ तर रुट कहिले कहाँ, कहिले कहाँ ?

अर्घाखाँचीबाट शान्ताको परिवार पनि निमाको नजिकै बसाइसराइ गरी आएको हो । उनीहरूको मूल घर (जन्म) अर्घाखाँचीको छत्रदेव केरुङ्गामा हो । शान्ताका पति रोजगारीको सिलसिलामा भारतमा छन् । बहिनीको प्रस्तावमा दिदी शान्ताले पनि साथ दिइन् । अहिले बहिनी गाडीमा लोकदोहोरी गीत घन्काउँदै गाडी कुदाउँछिन्, दिदी भाडा उठाउँछिन् । ‘के थाहा लेखेको के रहेछ, आखिर हामी दिदीबहिनी गाडी लाइनमा आउँछौं भन्ने,’ शान्ता भन्छिन् ।

बहिनी निमाको इच्छाशक्ति, कामप्रति रुचि र प्रतिबद्धताले नै पुरुष दबदबा रहेको यातायात क्षेत्रमा चुनौतीको सामना गर्दै सफल भएको शान्ताको भनाइ छ । ‘काममा लाग्नुपर्छ, अघि बढ्नुपर्छ भन्ने कुरा सधैँ भित्री मनमा बहिनीको थियो,’ शान्ता भन्छिन्, ‘अहिले आएर मलाई पनि यसैमा जोड्न सफल भइन् ।’

आफ्नो मेहनत, परिश्रमले दिदीबहिनीले फड्को मारेका छन् । निमा उमेरले ४१ वर्ष र शान्ता ४२ वर्षकी भइन् । आफ्नो पेसाप्रति दिदीबहिनी पूर्ण सन्तुष्ट छन् । ‘महिलाले पनि पुरुषसरह काम गर्न सक्छन् भनेर देखाउन पाउँदा आफूलाई गर्व लाग्छ,’ निमा भन्छिन् ।

अहिले गाडीबाट सबै खर्च कटाएर निमाको मासिक एक लाख रुपियाँभन्दा बढी कमाइ हुन्छ । ‘तेल महंगो भएको छ । खर्च धेरै छ, मर्मत सम्भारमा पनि खर्च धेरै लाग्न थाल्यो, सबै खर्च कटाएर दैनिक ४५ सयदेखि पाँच हजार रूपैयाँसम्म बचत हुन्छ,’ उनले भनिन् ।

पहिलो कोरोना महामारी आउनुभन्दा अगाडि नै निमाले गाडीको किस्ता तिरिसकेकी थिइन् । ‘धन्न कोरोना अगाडि गाडीको किस्ता तिरेर सकिएको थियो । एक वर्ष गाडी थन्किँदा के हुन्थ्यो होला हालत ?,’ निमाले विगतमा यातायात क्षेत्रले भोगेको समस्या सम्झिइन् ।

निमाका दुई छोरी र एक छोरा छन् । ठूलो छोरी २४ वर्षकी भइन् । छोरा १७ वर्षका भए । निमालाई छोराछोरीले गाडी नचलाउन सुझाव दिन्छन् तर निमा आफूले सक्ने उमेरसम्म गाडी लाइनमै काम गर्ने सोचमा छिन् ।

‘मैले गाडी चलाउँदा छोराछोरीलाई लाज भयो रे त्यहीँ भन्छन् तर मैले सक्ने उमेरसम्म गाडी चलाउने हो,’ उनले हौसलाका साथ भनिन् । महिला चालकको रूपमा बुटवल यातायात प्रालिले निमालाई सम्मान समेत गरेको छ ।

निमाले राम्रो गाडी चलाउँछिन् भन्ने सुनेपछि आजभोलि गाडीको ‘क्यू’ बाहिरको समयमा पनि उनी रिजर्भमा टाढा–टाढासम्म पुग्छिन् । ‘रिजर्भमा जाने हो भनेर फोन गर्छन् । कहिले सुपादेउराली, कहिले सौराहा त कहिले दाङ–घोराही हुँदै बर्दियासम्म पनि पुगेकी छु,’ उनले भनिन् ।

समाचार बाट थप

  • घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह
  • भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश
  • महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित) महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)
  • बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑