काठमाडौँ। धरान उपमहानगरपालीकाको प्रमुख हर्कराज साम्पाङ राईको स्वच्छ धरान राम्रो धरान बनाउने अभियानलाई साथ दिँदै उक्त उपमहानगरपालिकालाई स्वदेश तथा विदेशबाट सहयोग आईरहेको छ ।
हाल सम्म युके, हङकङ, पोर्चुगल निवासी, फाईबर कम्पनि आइएमई लाइफ इन्स्योरेन्स, मेगा बैंकले फोहोर व्यवस्थापन गरी धरानलाई सफा बनाउन करीव २ सय वटा डस्वीन नगर प्रमुखको अभियानमा सहयोग गरेको छ । त्यस्तै यूके निवासीले १ लाख ६ हजार पर्ने खानेपानीको पाईप पनि सहयोग गरेको छ ।नगर प्रमुख राईले दाताहरुलाई धन्यवाद व्यक्त गर्दै धरानलाई सफा, सुन्दर बनाउने आफ्नो अठोट भएको बताए । उहाँले धरानलाई सफा राख्ने अभियान जारी रहेको र धरान सफा बनाउने उद्देश्यका साथ डस्टवीन राखेर मात्र नहुने भएकोले मंगलबार बसेको कार्यपालिका बैठकमा धरान बजार एरीया भित्र जथाभावी फोहोर फाल्नेलाई जरीवाना गर्ने निणर्य पारीत भएको बताए ।
फोहोर व्यवस्थापनमा नै करोडौ रुपैया खर्च भइरहेकोले नगरबासी आफै जिम्मेवार भएर आफ्नो घर, आँगन र घर अघिको बाटो सफा राखेमा त्यो रकम अन्य विकास निर्माण वा सामाजिक कार्यमा खर्च गर्न सकिने बताए ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस