hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Mon, 18, Sep, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मनोरन्जन

मेरो कथा – नक्कली प्रेमको फन्दामा परेर येसरी बेचीए

मेरो कथा – नक्कली प्रेमको फन्दामा परेर येसरी बेचीए
मेरो कथा - नक्कली प्रेमको फन्दामा परेर येसरी बेचीए
राजधानी पत्र December 27, 2020 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

बाँके : जोखिमपूर्ण यात्रामा वैदेशिक रोजगारीमा जान निस्केका महिलाको तथ्याङ्क केलाउँदा नेपालगञ्ज नाका सधैं चर्चामा आउँछ । सधैं भीडभाड हुने यो नाकालाई दलालले महिलालाई भारत तथा खाडी मुलुकमा पुर्‍याउन प्रयोग गर्दैआएका छन् । नुवाकोट, सिन्धुपाल्चोक, धादिङ लगायत जिल्लाका थुप्रै महिला तरकारी किन्न रुपैडिहा जान लागेको बहानाबाजीकै क्रममा पक्राउ खाने गरेका छन् ।   भारतका कोठी तथा खाडी मुलुकबाट उद्धार गरिएका अधिकांश महिलाले नेपालगञ्ज नाका हुँदै गएको बयान दिने गरेका छन् । भारतको कोठीबाट नेपाली चेलीको उद्धार गरेर फर्काउनु कम्ती चुनौतीपूर्ण छैन । बेचिएका र जोखिममा परेका चेली फर्काउन नेपाल र भारतबीच सन्धि सम्झौता छैन । त्यस्तै, कोठी सञ्चालकको स्थानीय प्रहरीसँग हुने साँठगाँठका कारण उद्धारका लागि पुग्नेहरुलाई असफलता हात लाग्ने र सुरक्षा दृष्टिकोणले पनि जोखिम हुने गरेको छ ।

मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था माइती नेपालले भारतका विभिन्न ठाउँमा खोजी ‘अपरेशन’ सञ्चालन गरी एक वर्षमा ५४ जनालाई फर्काएको छ । माइती नेपाल नेपालगञ्जले आर्थिक वर्ष २०७५/७६ मा ५७ चेलीको विदेशी भूमिबाट उद्धार गरेको छ जसमा तीन जना तेस्रो मुलुकका रहेका छन् । माइती नेपाल चेलीहरुको उद्धार गर्न आफ्नै संयन्त्रमार्फत भारतको नयाँ दिल्ली, आगरा, मेरठ, इलाहाबाद लगायतका स्थानमा पुगिरहेको हुन्छ ।   माइती नेपाल नेपालगञ्जका क्षेत्रीय संयोजक केशव कोइराला धेरै पटक चेलीहरु खोज्न भारत पुगेको बताउँदै भन्छन् – “नेपाली चेली बेचिएका स्थानहरुमा रेकी गरेर चेली भएको सुनिश्चित भएपछि भारतस्थित सङ्घ, संस्था र स्थानीय प्रहरीको सहयोगमा छापा मार्ने गरेका छौं । सूचना चुहिँदा कतिपय बेला सोचेजस्तो सफलता हात नपर्ने पनि हुने गरेको छ ।” माइती नेपालले सूचना चुहिने जोखिमले स्थानीय प्रहरीभन्दा माथिल्लो तहको प्रहरीसँग छापा मार्ने कार्यका लागि सहयोग लिने गरेको छ ।

भारतका कोठीमा छापा मार्दा माइती नेपालको टोली आफैं खोजीका लागि सक्रिय हुने गरेको छ । कोठीमा बेचिएका युवतीहरु चाहेर पनि सजिलै फर्कन सक्ने अवस्था हुँदैन । संयोजक कोइराला कोठीमा छापा मार्दा उनीहरुलाई च्यानल गेटभित्र थुनेर राख्ने र प्रहरी आउने सूचना पाएमा सुरुङ्गभित्र लुकाएर राख्ने गरेको पाइएको अनुभव सुनाउँछन् ।“कोठीमा भोगेको नारकीय जीवन सबैले थाहा पाउने भय र कोठी सञ्चालकको धम्कीका कारण कतिपय उद्धारलाई अस्वीकार गर्न खोज्छन्,” उनले भने – “त्यसैले हामी उनीहरुलाई काउन्सिलिङ, कानूनी उपचार र पुनःस्थापनामा पनि सहयोग गर्छौं ।”   माइती नेपालले चेलीहरुको उद्धारपछि भारतस्थित सरकारी आश्रयस्थलमा राख्ने गरेको छ । “कोठी सञ्चालकविरुद्ध कानूनी कारवाही र क्षतिपूर्तिका लागि समेत भारतमा सहजीकरण गर्दर्छौं,” उनले भने । माइती नेपालले श्रम र यौनशोषणमा परेकाहरुको उद्धार गर्दैआएको छ ।

उद्धार गरिएकाहरुलाई आवधिक गृहमा समेत राख्ने गरेको छ । आव २०७५/७६ मा ९०२ जनालाई माइती नेपालले सीमाबाट उद्धार गरी आवधिक गृहमा पठाएको थियो ।  माइती नेपालले आव २०७५/७६ मा ३५१ जनालाई नेपाल–भारत सीमाबाटै परामर्श दिई घर फर्कायो । त्यसअघिको आवमा २८८ जनालाई माइती नेपालले सीमा क्षेत्रबाट फर्काएको थियो ।   घरपरिवारलाई थाहा नदिएर वा कतिपय सल्लाहले गएकाहरू केही महिनापछि सम्पर्कमा नआउने र आफन्तले त्यस्ता महिलाको खोजतलाश तथा उद्धारका लागि निवेदन दिने गरेको संयोजक कोइरालाले जानकारी दिए । विपन्न, निरक्षर, पारिवारिक सम्बन्ध राम्रो नभएका, दुःख पाएका र कतिपयलाई विवाहको नाटक गरेर दलालले भारत तथा खाडी मुलुकमा पुर्‍याउने गरेका छन् ।

आफ्नै ठाउँमा दुःखले बाँच्नुभन्दा खाडीमा गएर काम गरेमा पैसा कमाइन्छ भन्ने मानसिकताले दलालको पछि लाग्ने धेरै छन् । घरमा पनि दुःख पाएकै छौँ, खाडीमा गए त यहाँ भन्दा के नै दुःख होला र भन्ठानेर दलालको पछि लाग्नेको पनि कमी छैन ।   “त्यसरी अवैधानिक तरीकाले खाडी मुलुकमा जाँदा धेरै महिलाले दुःख पाएका छन्,” उनले भने – “भारतीय शहरमा बेचिने महिला पनि सामाजिक सञ्जाल र मोबाइल फोनबाट सम्बन्ध जोडिएका धेरै छन् ।” खाडी जाने र नक्कली प्रेमको फन्दामा देश छाड्न खोज्ने अबोध महिलालाई छेक्न नेपालगञ्ज नाकामा प्रहरीसहित आधा दर्जन मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाले काम गरिरहेका छन् । त्यति हुँदाहुँदै पनि महिलालाई यो नाकाबाट भारत र भारत हुँदै खाडी मुलुक पुर्‍याउने दलाल अझै पनि सक्रिय रहेको प्रहरीको भनाइ छ ।

जोखिमपूर्ण यात्रामा वैदेशिक रोजगारीमा जान निस्केका महिलाको तथ्याङ्क हेर्दा नेपालगञ्ज नाका सधैं अगाडि देखिएको छ । भारतका कोठी तथा खाडी मुलुकबाट उद्धार गरिएका अधिकाँश महिलाले आफूहरु नेपालगञ्ज नाका हुँदै गएको बयान दिने गरेका छन् ।   दलालको राम्रो काम र दामको झूठो आश्वासनमा परेर भारत तथा खाडी मुलुक गएका महिला लामो समय आफन्तको सम्पर्कमा नआएपछि घरपरिवारले मानव बेचबिखनविरुद्ध काम गर्ने संघसंस्था र प्रहरीमा खोजीका लागि निवेदन दिने गरेका छन् । पछिल्लो समयमा दिल्ली महिला आयोग, भारतीय प्रहरी, नेपाली दूतावास, मानव बेचबिखनविरुद्ध काम गर्ने सङ्घसंस्थाले भारतीय कोठीबाट उद्धार गरिएका अधिकाँश महिलालाई आफन्त तथा नक्कली मायाजालमा पार्नेले त्यहाँ पुर्‍याएको पाएका छन् ।

  • #मेरो कथा - नक्कली प्रेमको फन्दामा परेर येसरी बेचीए

मनोरन्जन बाट थप

  • सुर्खेत महोत्सवमा सोमबार को-को कलाकार आउँदै छन् सुर्खेत महोत्सवमा सोमबार को-को कलाकार आउँदै छन्
  • एनभीए राष्ट्रिय पुरुष क्लब भलिबलको च्याम्पियन हेल्प नेपाल एनभीए राष्ट्रिय पुरुष क्लब भलिबलको च्याम्पियन हेल्प नेपाल
  • वीरगन्जमा विभिन्न समुदायले माघी पर्व मनाए वीरगन्जमा विभिन्न समुदायले माघी पर्व मनाए
  • थारू गाउँमा माघीको रौनक थारू गाउँमा माघीको रौनक
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आन्दोलनरत चिकित्सक भन्छन् : हामी भगवान होइनौं, विदेश पलायन हुन बाध्य नपार

    आन्दोलनरत चिकित्सक भन्छन् : हामी भगवान होइनौं, विदेश पलायन हुन बाध्य नपार

    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    राजधानीमै सामूहिक हत्या कसरी भयो ?

    राजधानीमै सामूहिक हत्या कसरी भयो ?

    एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

    एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    hotpati logo footer

    xyz द्वारा संचालित

    नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : 123456

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग

    प्रधान सम्पादक :भगवती शाही

    प्रकाशक :रेशमा शाही

    अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग

    ग्राफिक डिजाइनर :धरम तामाङ्ग


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑