प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सोमबार देशभर प्रदर्शन गरेको छ । जसअनुसार काठमाडौंमा पनि काँग्रेसले प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गरेको हो ।
काँग्रेसले काठमाडौंका १० निर्वाचन क्षेत्रलाई आधार बनाएर १० स्थानमा प्रदर्शन गरेको छ । जसअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा नयाँबानेश्वरस्थित होटल एभरेस्ट अगाडि, निर्वाचन क्षेत्र नम्बर २ मा कोटेश्वर चोक, निर्वाचन क्षेत्र नम्बर ३ मा जोरपाटी चोक, निर्वाचन क्षेत्र नम्बर ४ मा नारायणचौर नक्साल, निर्वाचन क्षेत्र नम्बर ५ मा महाराजगन्जस्थित नारायणगोपाल चोक, निर्वाचन क्षेत्र नम्बर ६ मा मनमैजुस्थित लोकतान्त्रिक चोक, निर्वाचन क्षेत्र नम्बर ७ मा बालाजु चोक, निर्वाचन क्षेत्र नम्बर ८ मा बसन्तपुर डबली, निर्वाचन क्षेत्र नम्बर ९ मा कलंकी चोक र निर्वाचन क्षेत्र नम्बर १० मा कीर्तिपुर बजारलाई विरोध कार्यक्रम स्थल तोकिएको थियो । जसअनुसार सरकारविरुद्ध नाराबाजीसहित विरोधसभा गरिएको छ
काठमाडौँ क्षेत्र नम्बर १ को कार्यक्रमलाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्बोधन गरेका छन् । उनले संसद विघटनविरुद्ध काँग्रेस विज्ञप्ति निकालेर नबस्ने भन्दै कडा प्रतिवाद गर्ने बताए ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस