सोल-दक्षिण कोरियामा आप्रवासी कामदारहरुको पारिश्रमिक पनि लोभलाग्दो रहेको पाइएको छ । सरकारी आँकडा अनुसार यहाँका श्रमिकहरुको न्युनतम पारिश्रमिक प्रति महिना २० देखि ३० लाख कोरियन वन रहेको छ ।
कोरियामा ३० लाख वन प्रति महिना आर्जन गर्ने आप्रवासी कामदारहरुको संख्या प्रति बर्ष करिव २५ प्रतिशतले वृद्धि भइरहेको छ । यो आर्थिक बृद्धिको प्रमुख कारक कोरियन सरकारले तोकेको अनिवार्य न्युनतम पारिश्रमिक सम्बन्धि नियम हो ।
कोरियाली सरकारी तथ्याङ्कका अनुसार हाल कोरियामा करिव ८ लाख ६३ हजार बैधानिक आप्रवासी कामदारहरु रहेका छन् ।
कोरियाली सरकारी तथ्याङ्कका अनुसार बैदेशिक आप्रवासी कामदारहरुलाई सबैभन्दा न्युन पारिश्रमिक दिइने गरेको छ ।
कोरियामा करिव १ लाख २४ हजार जना कामदारहरु (करिव ४३ प्रतिशत) हप्ताको ६० घण्टा काम गर्दछन् ।
त्यसै गरि हप्ताको ४० देखि ५० घण्टा काम गर्ने श्रमिकहरु करिव ५.६ प्रतिशत रहेका छन् भने हप्ताको ३० देखि ४० घण्टा काम गर्ने श्रमिकहरुको संख्या करिव १६.१ प्रतिशत रहेको सरकारी अधिकारीले बताएका छन् ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस