मेगा बैंक नेपालको करिब ठूलो परिमाणको ऋण जोखिममा परेको छ । बैंकका एक उच्च तहका व्यवस्थापनले दिएको जानकारी अनुसार बैंकको सवा अर्ब रुपैयाँ हाराहारीमा ऋण जोखिममा परेको छ ।
बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीको कमजोरी व्यवस्थापकीय नेतृत्वका कारण बैंकको अवस्था खराब देखिएको बैंककै उच्च व्यवस्थापन निकट श्रोत बताउँछ । पहिलो महिला सीईओ दावी गराउनकै लागि असक्षम व्यक्तिलाई नेतृत्व दिएका कारण बैंकको अवस्था खराब बन्दै गएको श्रोतको दावी छ ।
श्रोतका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै बैंकको १ अर्ब १९ करोड रुपैयाँ हाराहारीमा ऋण जोखिममा परेको छ । बैंकले केहि दिन पहिले नाफामा सुधार भएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सो विवरणले पनि असोज मसान्तसम्मा मात्रै १ अर्ब १९ करोड रुपैयाँ हाराहारीमा ऋण जोखिममा परेको पुष्टि हुन्छ । बैंकले केहि दिन अघि एक दैनिक पत्रिकामार्फत सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विरण अनुसार कर्जा लगानी ७ अर्ब रुपैयाँले बढाएको छ ।
गत वर्षको पहिलो त्रैमासमा १ खर्ब १० अर्ब रुपैयाँ रहेको कर्जा १ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । तर यस मध्ये १ प्रतिशत भन्दा धेरै अर्थात १ अर्ब १९ करोड रुपैयाँ हाराहारीमा खराब कर्जा पुगेको छ ।अन्लाईनपाना बाट
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस