१७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । गौतम बिहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए ।प्रचण्डसँग झण्डै एक घण्टा छलफल गरेर गौतम फर्किएका छन् । नेकपा विभाजन पछि गौतम कुनै समूहमा पनि गएका छैनन् । नेकपा विभाजन रोक्न प्रयास गर्ने गौतमले बताउँदै आएका छन् ।यसअघि प्रचण्ड र माधवकुमार नेपालको गठबन्धनमा रहँदै आएका गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकोमा बिमति जनाएका छन् । तर, गौतम प्रचण्ड र माधव समूहमा गएका छैनन् । प्रचण्डले भने गौतम आफूहरुसँगै उभिने बताउँदै आएका छन् ।
चाबहिल, सरस्वतीनगर बस्ने पूर्वसचिव शारदाप्रसाद त्रितालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखे– अचेल सडक र सरकारमा रहेका नेताहरुले उफ्री–उफ्री ‘जनता’ शब्दको गीत गाउन थालेका छन् । तर, नेपाली जनता भने कुलमान घिसिङलाई मात्र सम्झिरहेछन् । उनले ४ वर्षसम्म उज्यालोमा राखेका हामी नेपाली जनता अहिले बारम्बार अँध्यारोमा बस्न बाध्य भइरहेको अवस्था ।’बानेश्वरको शान्तिनगर क्षेत्रमा बसोबास गर्ने अर्का पूर्वअर्थसचिव शान्तराज सुवेदीले यसैबारे पछिल्ला दुई दिनमा दुई पटक सामाजिक सञ्जालमा गुनासो पोखिसके । उनले सोमबार ट्विटरमा लेखे– ‘आजभोलि पटक पटक लाइन जान थालेको छ । खपी नसक्नु भयो । साँझ ५ बजे पछि नै कैयौं पटक गयो । अहिले १९ः३० को समयमा पनि बत्ती गायब छ । के प्रणाली कै खराबी हो ? सर्वसाधारणले विश्वास गर्न छाडे है… ।’उनले गत बिहीबार पनि समाजिक सञ्जालमा लेखेका थिए– ‘कुलमान गएपछि दिनहुँ घण्टौं घण्टा बत्ती पनि जान थाल्यो । सायद सत्ताधारीहरुलाई चुनाव खर्चको जोहो गर्नुपर्ने भएर होला ।’
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस