hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sun, 24, Sep, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

कि’शोरीलाई होटलमा लगेर शिक्षकले परीक्षा लिएपछि…

कि’शोरीलाई होटलमा लगेर शिक्षकले परीक्षा लिएपछि…
राजधानी पत्र January 9, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

राष्ट्रिय माविमा पढ्ने एक किशोरी कक्षा ११ को परीक्षामा २ वटा विषयमा फेल भइन् । फेल भएको विषय मेजर अंग्रेजी र शौक्षणीक विधिमा पुन: परीक्षा दिनुपर्ने थियो। अहिले उनी सोही विद्यालयको कक्षा १२ मा अध्ययरत छिन्। गत वर्ष कक्षा ११ मा फेल भएको विषयको परीक्षा यस वर्ष दिन पाइन्थ्यो। उनले पनि पाइन्। तर अरूले झैँ स्वभाविक रूपमा होइन। मंसिर अन्तिमतिर परीक्षा चल्दै थियो। विद्यालयका शिक्षक शिरीष बस्ताकोटीले आफूलाई चिनेको ठाउँबारे सोधेको किशोरीले बताउँछिन्। ‘अँ हँ, चिनेको छैन सर,’ किशोरीले जवाफ दिइन्।

त्यसो भए जाउँ भनेर उहाँले मलाई मोटरसाइकलमा बस्न भन्नुभयो। म बसेँ,’ उनले भनिन्, ‘लेखनाथको खोलाकोछेउ स्थित ताल नजिकैको होटल पुगेर रोकिए ।’ किशोरीले त्यति टाढा होला भनेर सोचेकै थिइनन् । ‘मैले त नजिकै होला भनेर गएँ, सरले त्यति टाढा पुर्‍याउनुभयो, उनले सेतोपाटीलाई भनिन्। उनका अनुसार घरबाट जाँदा त्यस्तै साँढे ३ बजेको थियो। होटलमा पुगेपछि शिरीषले कोठा बुक गरे। ‘मैले त टेबलमा बस्ने होला भनेको, उहाँले कोठामा लैजानुभयो’, उनले भनिन्, ‘मलाई कस्तो नराम्रो फिलिङ भयो, डर लाग्यो ।’

शिरीषले कोठामा लगेर ती किशोरीलाई मेजर अंग्रेजी र शैक्षणिक विधिको प्रश्नपत्र र उत्तर पुस्तिका दिए। उनी लेख्न थालिन्। किताब हेरेर उनले एकाध घण्टामै दुई विषयको परीक्षा दिइन्। साँढे ६ बजेतिर उनले उत्तरपुस्तिका शिरीषलाई बुझाइन् । परीक्षा सकियो, अब घर जाने होला, किशोरीले सोचिन्। तर शिरीषले भने होटलबाट माछा र भुजा कोठामा मागाए, साथमा बियर पनि।

‘मैले खान्न कि खान्न भन्दा पनि सरले खान बाध्य बनाउनुभयो, मैले अलिकति बियर खाएँ,’ किशोरीले भनिन्। उनले ‘ल जाम सर’ भनिन्। उनको मोबाइलमा घरबाट पनि फोन आउन थालेको थियो । घर जाम भन्दा शिरीषले उल्टै कोठामा ढोका लगाए। त्यसपछि भने आफूलाई डर लागेको र ढोका खोल्न लाग्दा ती शिक्षकले रोकेको  किशोरी बताउँछिन्।

‘मैले जिद्धी गरेर ढोका खोलेरै छाडेँ अनि बाहिर निस्कएँ’, उनले भनिन्, ‘म बाहिर आएपछि सर रिसाउनुभयो।’
शिरीष पनि बाहिर निस्किए। होटलको काउण्टरमा पुगेर पैसा तिरे। किशोरीलाई पनि पैसा तिर्न लगाए। ‘होटलमा हाम्रो बिल २४ सय आथ्यो, म सँग एक हजार थियो, त्यहीं तिरेँ’, किशोरीले भनिन् । उनीहरू पोखरास्थित घर फर्किए। शिरिषले नै उनलाई मोटरसाइकलमा लगिदिएका थिए।

किशोरीलाई अभिभावकले ढिलो हुनुको कारण सोध्दा शिरिषले नै परीक्षा बोर्डमा परीक्षा दिएर आउँदा ढिलो भएको जवाफ दिए। उनले किशोरीलाई पनि त्यहीँ भन्न लगाएका थिए । परीक्षा दिएको झण्डै डेढ महिनापछि यो विषयमा विद्यालयमा खासखुस हुन थाल्यो । शिक्षकहरूको खासखुस विद्यालय व्यवस्थापन समितिमा पुग्यो । ‘त्यो दिन पछि सरहरूसँग मेरो कन्ट्याक्ट छैन,’ किशोरीले भनिन्, ‘कसरी बाहिर आयो थाहा भएन।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दवाडीले पुस पहिलो साता होटलमा लगेर परीक्षा दिलाएको थाहा पाए। उनले आफ्नै संयोजकत्वमा छानविन समिति बनाए।

समितिले छानविन गरेर राष्ट्रिय परीक्षा बोर्ड पोखराको कार्यालयमा प्रतिवेदन बुझाएको छ। घटनाका विषयमा छानविन गरी शिक्षकलाई कारबाहीको समेत माग गरेको उनले बताए । विद्यालय व्यवस्थापन समितिमा यो कुरा पुगेपछि परीक्षाका केन्द्राध्यक्ष समेत रहेका विद्यालयका प्रध्यानाध्यापक सूर्य तिवारीले पनि ती किशोरीको परीक्षाको नतिजा स्थगित गर्न माग गरेका छन् । घटनाका विषयमा प्रतिक्रिया लिन फोन गर्दा तिवारीले सेतोपाटीलाई भने, ‘राष्ट्रिय परीक्षा बोर्डमा पठाएको छु, यति नै कुरा गर्छु,’ उनले भने।यसअघि उक्त परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने गर्दथ्यो। यसपाली कोरोना भाइरसको महामारीका कारण बोर्डले विद्यालयलाई नै परीक्षा चलाउन कार्यविधिसहित जिम्मेवारी दिएको थियो।

घटनाका विषयमा निष्पक्ष छानविन गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए। ‘हामीले निष्पक्ष छानविन गर्दैछौं,’ पौडेलले भने, ‘दोषी भेटिएका जति सबैलाई कारबाही गर्छौं।’ कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले भने घटनाका बारेमा आफूलाई जानकारी नै नभएको बताए । घटनाको छानविन गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दवाडीले होटलमा लगेर परीक्षा लिएको विषय योजनाबद्ध भएको आशंका गर्छन्।

‘योजना नभई हुँदैन’, उनले भने, ‘शिक्षकहरु आर्थिक बार्गेनिङमा फस्नुभयो।’ उनले पोखराकै पुरानो मध्ये एक राष्ट्रिय माविको गरिमा शिक्षकहरूले नै गिराएको बताए । घटनाको छानविनका क्रममा परीक्षा संचालन गर्दा राष्ट्रिय परीक्षा बोर्डले दिएको कार्यविधिसमेत पुरा नभएको अध्यक्ष दवाडीले बताए। ‘कार्यविधि अनुसार केही भएको देखिन्न,’ उनले भने, ‘परीक्षाको रूटिन छैन, परीक्षा सम्बन्धी कुनै पनि बैठक र निर्णय पनि छैनन्।’ किशोरीलाई जसरी पनि पास गर्ने उद्देश्य शिक्षकहरूको देखिएको उनले बताए। परीक्षाको केन्द्राध्यक्षसमेत रहेका प्रध्यानाध्यापक सूर्य तिवारीले परीक्षाको जिम्मा सहायक केन्द्राध्यक्षलाई दिएर ‘बढी विश्वास गरेको’ बयान छानविन समितिलाई दिएका छन्।

यता, सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मीले यसबारे आफूलाई जानकारी नै नभएको बताए । ‘विद्यालय भित्रको परीक्षाको जिम्मेवारी मलाई थियो, बाहिरको होइन,’ उनले भने, ‘परीक्षा सकिएको डेढ महिनापछि यस्तो कुरा आउँदा म पनि झसङ्ग भएको छु।’ उनले केन्द्राध्यक्षकै निर्देशनमा काम गरेको बताए । प्रश्नपत्र र उत्तरपुस्तिका किशोरीलाई लिएर होटलमा पुगेका शिक्षक शिरीष बस्ताकोटीले भने यस विषयमा प्रतिक्रिया दिन मानेनन्। उनले फोन सम्पर्कमा ‘बढाई चढाई कुराहरू आउँछन्,’ भनेर फोन होल्डमा राखिदिए, पुनः सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएनन्। सेतोपाटी

  • #किशोरीलाई होटलमा लगेर शिक्षकले परीक्षा लिएपछि…

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालतमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित

    सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालतमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित

    सन्दीपविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज, टोलीसँगै चीन जान पाएनन्

    सन्दीपविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज, टोलीसँगै चीन जान पाएनन्

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    आज असोज ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

    आज असोज ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    चन्द्रयान को :  कुनै सङ्केत आएको छैन

    चन्द्रयान को : कुनै सङ्केत आएको छैन

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    चन्द्रयान को :  कुनै सङ्केत आएको छैन

    चन्द्रयान को : कुनै सङ्केत आएको छैन

    hotpati logo footer

    xyz द्वारा संचालित

    नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : 123456

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग

    प्रधान सम्पादक :भगवती शाही

    प्रकाशक :रेशमा शाही

    अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग

    ग्राफिक डिजाइनर :धरम तामाङ्ग


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑