hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sat, 03, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

नगरपालिकाले एक करोड ऋण दियाे, दुई जना पाइलट बने, १७ जना प्राविधिक विषय पढ्दै

नगरपालिकाले एक करोड ऋण दियाे, दुई जना पाइलट बने, १७ जना प्राविधिक विषय पढ्दै
राजधानी पत्र January 13, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

रुकुम पश्चिम – ‘ठूलो भएपछि डाक्टर बन्छु, पाइलट हुन्छु, इञ्जिनियर बन्छु’ सानोमा धेरैले यस्तै सपना देख्छन् । आर्थिक कमजोरी र भौगोलिक विकटताले यस्ता सपना तुहिन्छन् नै, उच्च शिक्षा प्राप्तिको अवसरसमेत पाउँदैनन् । तर जब राज्यले नेतृत्व दुरदर्शी पाउँछ र जनमुखी सरकार बन्छ, यस्ता सपनाले मूर्तरूप लिन आइतबार पर्खन पर्दैन ।

यसको गतिलो उदाहरणका रूपमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकालाई लिन सकिन्छ । नगरपालिकाले उच्च शिक्षा पढ्न चाहनेलाई सघाउन गरेको महत्त्वपूर्ण निर्णयको कारण अहिले दुई जना युवाले पाइलट कोर्स पूरा गरेका छन् । आठबीसकोट नगरपालिका ५ का ललित भण्डारी र वडा १० का गोविन्द केसीले व्यावसायिक पाइलटको लाइसेन्स परीक्षा पास गरेका छन् ।

उनीहरुको अध्ययन र तालिमका लागि नगरपालिकाले एक करोड रुपैयाँ ऋण सहयोग गरेपछि १४ महिने कोर्स पूरा गर्न सम्भव भएको हो । फिलिपिन्समा पढाइ सकेर नेपाल आएका उनीहरुले व्यावसायिक पाइलटको लाइसेन्स प्राप्त गरेपछि अब हवाई सेवा कम्पनीले पाइलट माग्दा जान तयार छन् । ‘सानैदेखि ठूलो मान्छे बन्ने रहर थियो, पैसा थिएन’, केसीले भन्नुभयो, ‘नगरपालिकाले गर्दा पाइलट बन्ने बाटो समात्न र सपना पूरा गर्न सम्भव भएको हो ।’

नगरपालिकाको सहयोगका कारण दुर्गम र कमजोर आर्थिक अवस्थामा रहेका भण्डारी र केसीले फिलिपिन्सको रोयल फ्लाइट ट्रेनिङ एकेडेमीबाट पाइलट कोर्स पूरा गरेका हुन् । नगरपालिकाले उनीहरूलाई ५०/५० लाख रुपैयाँ स्थानीय आठबीसकोट बचत तथा ऋण सहकारी संस्थामार्फत विना ब्याज ऋण दिएको हो ।

‘पाइलट पढ्न चाहनेका लागि दिइने ऋण धितो जमानीमा दिने व्यवस्था गरिए पनि लिनेले ब्याज तिर्नुपर्दैन’, आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले भन्नुभयो, ‘पढेर जागिरमा जोडिएपछि ऋण तिर्ने किस्ता सुरु हुन्छ ।’

नगरप्रमुख केसीले गएकाे आर्थिक वर्षदेखि विभिन्न क्षेत्रमा पठनपाठनका लागि ऋण सहयोग गर्ने नगरपालिकाको नीतिअनुसार दुई युवाले पाइलट बन्ने अवसर पाएको बताउनुभयो ।

युवालाई रोजगारीमा अवसर दिन पाइलटमात्र होइन, इञ्जिनियर र स्वास्थ्यसम्बन्धी विषय पनि पढाउन थालिएको प्रमुख केसीले बताउनुभयो । उहाँकाअनुसार नगरपालिकाले कार्यविधि नै बनाएर अध्ययनका लागि ऋण तथा आर्थिक सहयोग गर्ने कार्यक्रम ल्याएको थियो र पहिलो वर्ष दुई पाइलट, दुई डाक्टर र दुई इञ्जिनियर उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।

नगरपालिकाले त्यति पैसा नजुटाइदिएको भए पढ्न जान सम्भव नभएको र काममा लागेपछि मात्रै ऋण तिर्न सुरु हुने भएकाले धेरै ठूलो गुण नगरपालिकाले लगाएको केसी र भण्डारीको भनाइ छ ।

नगरपालिकाको रोहबरमा सहकारी संस्थाबाट ऋण लिएर पढेकाले जागिर नपाउँदासम्म ब्याज नलाग्ने र जागिर सुरु भएपछि ६ प्रतिशत ब्याज लाग्ने कार्यविधि बनाइएको छ । ऋण चुक्ता गरिसक्ने अवधि भने नतोकिएको सहकारीका अध्यक्ष हरिप्रसाद शर्माले बताउनुभयो । नगरपालिकाकै सहयोगमा इञ्जिनियरिङ, एचए र नर्सिङ पनि पढाइरहेको शर्माको भनाइ छ ।

१७ जना प्राविधिक तयार हुँदै

नगरपालिकाले १७ जना विद्यार्थीलाई विभिन्न प्राविधिक शिक्षासमेत अध्ययन गराइरहेको छ । दक्ष जनशक्ति उत्पादन गर्न १२ छात्र र पाँच छात्रालाई पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा पढाइरहेको हो । जेहनदार भए पनि गरिबीका कारण पढ्न नसकेका विद्यार्थीहरु तीन वर्षे कोर्ष अध्ययनका क्रममा रहेको नगरपालिकाले जनाएको छ ।

अहिले दुई जनाले हेल्थ एसिस्टेन्ट र तीन जनाले इञ्जिनियरिङको अध्ययन गरिरहेका छन् । त्यसैगरी तीन जनाले सब–इञ्जिनियर, दुई जनाले कानुन, तीन जनाले प्राविधिक (आईटी), दुई जनाले कृषि र दुई जनाले स्टाफ नर्स अध्ययन गरिरहेका छन् । कोर्ष पूरा गर्दा लाग्ने कलेजको सम्पूर्ण शुल्क तिरेर विद्यार्थीलाई पढाइरहेको नगरप्रमुख गोर्खबहादुर केसीले बताउनुभयो । खाने र बस्ने व्यवस्था भने विद्यार्थी आफैले गरिरहेका छन् ।

नगरपालिकाका अनुसार २०७५ मा पाँच र २०७६ सालमा १२ जनालाई छात्रवृत्ति सुविधा दिइएको छ । शिक्षा पाउनु सबैको मौलिक हक रहेको र पैसाकै कारण कोही पनि पढ्नबाट बञ्चित नहुने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार १७ जना विद्यार्थी पढाउन ३९ लाख ४४ हजार रुपैयाँ खर्च भएको छ । जसमा एक जना विद्यार्थीले एक लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म सहयोग पाएका छन् ।

नगरपालिकामै यस्तो जनशक्ति तयार पारेपछि काम गर्ने दक्ष जनशक्ति अभाव नहुने र समृद्ध नगरको अभियान सफल हुने उद्देश्य नगरपालिकाले लिएको छ। उज्यालो अनलाईन बाट साभार

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑