नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संविधान नै भाँचिदिएको बताएका छन् । प्रचण्ड–माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा प्रचण्डले भने, ‘पहिले उहाँले कुर्सी भाच्छु भन्नुहुथ्यो । कुर्सी भाच्नु भयो भनेर फेरि बनाउला भन्ने थियो ।
तर उहाँले त संविधान नै भाँचिदिनुभयो । लोकतन्त्र भाँचिदिनुभयो । राष्ट्रै भाँचिदिनुभयो ।’यस्तै उनले भारतबाट जी न्यूजलाई बोलाएर प्रधानमन्त्री केपी ओलीले अन्तर्वार्ता दिएर नाटक मन्चन गरेको बताए । ‘जी न्युजलाई बोलाएर अन्तर्वार्ता दिनु ओलीको नाटक हो । एभरेष्टको नाम फेर्ने जी न्यूजको समाचारले ओलीको अन्तर्वाता नाटक हो भन्ने पुष्टि भएको छ । उहाँलाई विदेशी शक्ति आएर के के मन्त्र सुनाए त्यो थाहा भएकै हो । अहिले जी न्युजलाई उहाँले दिएको अन्तरवार्ता पनि हेर्यौ त्यो नाटकै हो । त्यसको पटाक्षप नै भैसकयो’ प्रचण्डले भने ।
कमिलाको प्वाँख उम्रिए जस्तै ओलीमा पनि प्वाँख पलाएको भन्दै अब उनको समय धेरै नभएको बताए ।उनले भने, ‘कमिलाको प्वाँख उम्रिएपछि सकिन्छ भन्छन् । उहाँ (केपी ओली) पनि सकिनुहुन्छ ।’ संविधान र गणतन्त्र मास्न खोज्ने ओलीमा आफ्नो गल्तीको अलिकति पनि स्वीकारोक्ति नहुनु बिडम्वनायुक्त भएको उनले बताए। स्रोत : रातोपाटि
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस