त्रिभुवन विमानस्थल भित्र रहेको नेपाली सेनालाई हटाइने भएको छ। विमास्थलमा जहाजको चाप बढेसँगै नागरिक उडड्यन प्राधिकरणले सेनालाई पूर्वपट्टिको खाली क्षेत्रमा स्थानान्तर गरी विमानस्थलको क्षेत्रफल बढाउने तयारी थालेको छ।प्राधिकरणले त्रिभुवन विमानस्थलको गुरुयोजना नै बनाएर सेनालाई स्थानान्तर गर्ने तयारी थालेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार विमानस्थलमा जहाजको चाप बढेपछि सेना रहेको क्षेत्रमा विमानस्थलको क्षेत्र विस्तार गर्ने लागिएको हो।
एसियाली विकास बैंकको सहयोगमा निर्माण हुँदै गरेको गुरुयोजना सरकारले स्वीकृत गरेसँगै स्थानान्तरणको काम सुरु गर्ने क्षेत्रीले बताए। विमानस्थलभित्र हालः सेनाको २ वटा ‘ह्याङ्गर’ बाहिनीपतिको कार्यालय र लगायतका भवनहरु रहेका छन्।विमानस्थल क्षेत्रमा करिब ४० वर्षअघि देखि सेना बस्दै आएको छ। विमानस्थलमा चाप बढेसँगै धावन र अन्य क्षेत्र साँघुरो भएकाले त्यस क्षेत्रबाट सेनालाई अन्यत्र सार्ने तयारीमा सरकारसमेत सकारात्मक देखिएको छ।
गुरुयोजना अनुसार सेना स्थानान्तरणपछि प्राधिकरणले त्यस क्षेत्रमा जहाज पार्किङ, नयाँ टर्मिनल भवन लगायतका संरचना निर्माण गर्नेछ। योसँगै हालको टर्मिनललाई डोमेस्टिक एयरपोर्ट बनाइने र अगाडिपटिट् रहेको गल्फ क्षेत्रबाट प्रवेश मार्ग निर्माण गरिने तयारी थालेको हो। श्रोतःनेपाल न्युज
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस