काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिलेसम्म ३९ ठाउँका अनधिकृत संरचना हटाएको छ ।
नक्सा स्वीकृत गर्दा पार्किङ् र भण्डार कक्ष देखाएर सुविधा लिएका र निर्माणपछि व्यावसायिक लाभमा प्रयोग भएका संस्थागत तथा व्यक्तिगत भवनका भूमिगत तथा जमिन तला खाली गराएको हो ।
२० ठाउँका मापदण्ड विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरु, ओभरल्यापिङ् र सेडव्याक हटाएको महानगरले जनाएको छ ।
पार्किङ् प्रयोजनका लागि निर्माण भएका संरचनाहरुमा पार्किङ नै गराउनु पर्छ । यसअघि आफूसँग भएको कार्यकारिणी अधिकार प्रयोग नगर्दा अहिलेको भयावह अवस्था आएको हो । यसलाई वेवास्ता गर्नु भनेको सहरलाई थप विगार्नु हो । यसो भयो भने हाम्रा पुस्ताले हामीलाई राम्रो मान्दैनन्’, महानगरले निकालेको विज्ञप्तिमा मेयर बालेन्द्र शाह (बालेन)ले भनेका छन्, ‘नक्सा स्वीकृत गर्ने बेलामा व्यक्ति तथा संस्थाले महानगरबाट सुविधा लिएको तर, आफूले महानगरसँग गरेको कवुलियत तथा शर्त पूरा नगरेकाले कारबाही गर्नुपरेको हो ।’
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस