काठमाडौ । हिन्दूहरुको आराध्यदेव शिवलाई योगका गुरु मानिन्छ । उनी प्रायजसो ध्यान मुद्रामा देखिन्छन् । उनको पूजा लिंगकोरुपमा गरिन्छ ।
भगवान शिव सौम्य आकृति एवं रौद्रमय दुवैको लागि विख्यात छन् । सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिवलाई मानिन्छ । शिवको अर्थ कल्याणकारी हुन्छ ।
तर उनी सधै लय एवं प्रलय दुवैलाई आफ्नो अधिनमा राख्न सक्छन् भन्ने विश्वास छ । शिवको वासस्थान कैलास पर्वतलाई मानिन्छ ।
चीनको स्वशासित क्षेत्र तिव्वतको पश्चिमी भेगमा पर्ने मानसरोवर र कैलाश पर्वतको दर्शन गर्न हजारौ तीर्थयात्रीहरु त्यहाँ पुग्ने गर्दछन् । अझ श्रावण महिनाको दोस्रो सोमबार त्यहाँ भगवान शिव साक्षत देखिने विश्वास गरिन्छ ।
त्यसैले भगवान शिव विराजमान कैलास पर्वतको तस्विरबाटै भएपनि दर्शन गर्ने गरिन्छ । यहाँ आफु जानु मात्र हैन । अरुलाई दर्शन गर्न लैजान झनै ठूलो फलिफाप हो ।
आधुनीक युगमा आफुले बनाएका सामाजिक सञ्जालमा सेयर गरेर अरुलाई दर्शन गराउने अभिभारा पुरा गर्दै मानिसहरुले लाभ लिइरहेका छन् । तपाईहरुलेपनि सेयर गरिदिन सक्नुहुनेछ ।
सन् २०१२ मा पहिलो पटक टच कैलास ट्राभल एण्ड टुर्सवाट काठमाडौं कोदारी मार्गहुदै खासा, न्यालम, सागा, दोङवाको मार्ग हुदै मानसरोवर र कैलास यात्रा गर्ने मौका मलाईपनि जुरेको थियो ।
जसमा १२९ भारतीय नागरिक पनि सहभागि थिए । यसपटक पनि सो स्थानको भ्रमण गर्ने मौका जुर्यो । मौका जुराइदियो टच कैलास ट्राभल एण्ड टुर्स ठमेलले । सो कम्पनीले सञ्चालन गरेको कैलास–मानसरोवर यात्रामा भारतीय नागरिकहरु ७८ जना र केही नेपाली सहित सहभागि हुने अवसर प्राप्त भयो ।
नेपालमा गएको महाविनासकारी भूकम्पले क्षती पु¥याएपछि वन्द भएको तातोेपानी खासा नाका हाल सम्म पनि सञ्चालनमा नरहेकोकोले यस पटकको यात्रा नेपालगञ्ज, सिमीकोटको मार्गवाट शुरुभयो । पहिलो दिन दिउसो ३ वजेको वुद्ध एयरको जहाजवाट करीव १ घण्टाको यात्रापछि नेपालगञ्ज पुगियो ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस