नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा भंग भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री हुने हैसियत गुमाइसकेको बताएका छन् । शनिबार दाङको तुलसीपुरमा उक्त समूहको जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले केपी ओली स्वयंमले प्रतिनिधि सभा भंग भइसकेको बताउँदै आएको हुँदा उनी पनि प्रतिनिधि सभा सदस्य नरहेको र प्रतिनिधि सभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुन पाउने हैसियत समाप्त भइसकेको तर्क गरेका हुन् ।
अहिले पनि खड्कप्रसाद ओली प्रधानमन्त्रीको पदमा आसिन रहेको भए पनि अध्यक्ष नेपालले के अहिले पनि साँच्चै ओली नै प्रधानमन्त्री हुन त? भन्ने प्रश्न गरे। आफूहरूको व्याख्यामा प्रतिनिधि सभा बेहोसमात्रै भएको र मरिनसकेको भन्ने उल्लेख रहे पनि प्रधानमन्त्री केपी ओलीले नै त्यो मरिसकेको व्याख्या गरेको हुँदा अब ओलीले सोही पदमा रही रहने हैसियत गुमाइसकेको अध्यक्ष नेपालले बताए ।
‘हाम्रो व्याख्यामा केपी ओलीजीले छुरा रोप्नु भएको छ। प्रतिनिधि सभा छटपटाई रहेको छ, ब्युँतिनका लागि। तर, उहाँको नजरमा त हत्या गरिसक्नु भएको होइन र?,’ अध्यक्ष नेपालले प्रश्न गरे,‘अनि उहाँ कसरी प्रधानमन्त्री रहनु भयो ? कि उहाँले भन्नु पर्यो, म अब काम चलाउन प्रधानमन्त्री भएको छु। उहाँको राष्ट्रपतिले खोई लेखेर पठाएको ? कि अब तपाईं प्रधानमन्त्री रहनु भएन काम चलाउ, काम चलाउ।’ त्यस्तै उनले काम चलाउ प्रधानमन्त्री ओलीले अहिले पनि फुलफेजको प्रधानमन्त्रीले जस्तै काम गर्न खोजेको भन्दै रोष प्रकट गरे।
‘के अझै पनि फुलफेजको प्रधानमन्त्रीले जस्तै काम गर्न पाउँछ, मन्त्रिमण्डलको पुनर्गठन गर्न पाउँछ, न्यायमूर्ति थप्न पाउँछ?,’ उनले अगाडि प्रश्न गरे, ‘अनि के ठूला ठूला सम्झौता गर्नको लागि अन्तर्राष्ट्रिय क्षेत्रमा डेलिगेसन पठाउन पाउँछ?’ उनले काम चलाउ हैसियतका प्रधानमन्त्रीले दुरगामी महत्वको कुनै पनि निर्णय गर्न नपाउने धारणा राखे । स्रोत : सेतोपाटी
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस