विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने भएका छन् । ५० वर्षीय राईले माघ ११ गते काठमाडौंमा विवाह गर्ने तय भएको छ । उनले कोसँग बिहे गर्दैछन् भन्ने विषय भने खुलाएका छैनन् ।‘विवाहको मिति लगभग तय भएको छ’ अनलाइनखबरसँगको सम्पर्कमा उनले भने ‘दुलहीको नाम अहिले नै मिडियामा नखोलौं, पछि एकै पटक भन्दा सरप्राइज हुन्छ नि ।’ काठमाडौंमा विवाह पछि विराटनगरमा भोज आयोजना गर्ने उनले बताए।पारिवारिक स्रोतका अनुसार उनको विवाह अन्तरजातीय हुनेछ । तर मुख्यमन्त्री राईले भने यो विषयमा थप खुलाएनन् । २०७५ चैत २५ गते मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर मात्रै बिहे गर्ने बताएका थिए ।
उनले प्रदेश राजधानीको टुङगो लगाएका छन् । तर नाम तोक्न ढिलो भएपछि मुख्यमन्त्री राईले केही दिन अघि विवाहपछि मात्रै नाम तोकिने बताएका थिए । अनलाइनखबरसँगको सम्पर्कमा मुख्यमन्त्री राईले भनेका थिए ‘सायद अब नाम भन्दा चाडो मेरो विवाह हुने सम्भावना एकदमै नजिक छ ।’आउँदो अधिवेशनबाट प्रदेशको नाम टुङ्गो लाग्ने पनि उनले बताए । ‘त्यो नाम टुङ्ग्याउने बेला भन्दा अगाडि नै मेरो विवाह सम्पन्न भइसकेको हुनेछ’ मुख्यमन्त्री राईले भने ।
दुई तिहाइ बहुमतसहित प्रदेश सरकारको नेतृत्व गरिरहेका राई नेकपा विभाजन पछि उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्तावमा छलफलका लागि ७ माघमा प्रदेश १ को हिउँदे अधिवेशन आह्वान गरिएको छ ।श्रोतःअनलाइन खबर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस